गौरादह ,५ चैत । गौरादहमा अन्तर आधारभूत बिद्यालय कबड्डि प्रतियोगिता सम्पन्न भएको छ । बिकास अनुसासन र गतिशिलता नारालाई आत्मसाथ गर्दै सञ्चालित कबड्डि प्रतियोगिता हिजो बुधबार सम्पन्न भएको हो ।
गौरादह १ स्थित जनता माध्यमिक बिद्यालयको खेल मैदानमा सम्पन्न फाइनल खेलमा छात्रातर्फ बिजेता बन्दै अमर माध्यमिक बिद्यालय गौरादह २ ले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

त्यसैगरि उपबिजेता बन्दै स्कुलचौन माध्यमिक बिद्यालयले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । त्यसैगरि, छात्र तर्फ स्कुलचौन मावि बिजेता बन्यो भने प्रगति माबि उपविजेता बन्न पुगेको थियो ।
कबड्डि खेल अन्तरगत अन्य बिधामा छात्र तर्फको बेस्ट रेडर स्कुलचौन माविका अनिल राई , बेस्ट डिफेन्डर प्रगती माविका शिव नारायण कटवाल बन्न सफल भएका छ्न ।त्यसै गरि छात्रा तर्फ बेस्ट रेडर गौरादह २ स्थित अमर माविकी मनिसा भारती र बेस्ट डिफेन्डर स्कुलचौन माविकी नुमा सुब्बा बन्न सफल भएका छन ।
प्रतियोगिताका विजेता,उपविजेता खेलाडी तथा विद्यालयलाई गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साहले पुरस्कार तथा प्रमाणत्र प्रदान गरे ।
जनता माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र गौतमको सभापतित्वमा आयोजित समापन कार्यक्रममा गौरादह नगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई , शिक्षा तथा खेलकुद शाखा प्रमुख टेक नाथ रेग्मी , विभिन्न बिद्यालयका प्रअ , शिक्षक प्रतिनिधिहरु , खेल शिक्षकहरु बिध्यालय स्वास्थ्यकर्मी ,रेफ्रीहरु , बिद्यालय सहयोगी कर्मचारीहरु , स्वयम् सेबक बिद्ययार्थीहरुको उपस्थिति रहेको थियो ।
सहभागि भएका थिए । प्रतियोगितामा नगर भित्रका ११ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।