दमकलाई प्रदेशस्तरिय भलिवलको उपाधि


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, चैत्र १, २०७७


  • दमक, १ चैत । मोरङको सुन्दरहरैंचास्थित गछियामा सम्पन्न १ नम्बर प्रदेश स्तरीय पुरूष भलिवल प्रतियोगिताको उपाधि दमकले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक जनसहयोग युवा क्लव सुन्दरहरैंचालाई ३–० को सोझो सेटमा पराजित गर्दै दमकले उपाधि जितेको हो ।


    उपाधि विजेता दमकले १ लाख १ रूपैयाँ पुरस्कार तथा ट्रफि पाएको छ । यता उपविजेतामा चित्त बुझाउन बाँध्य आयोजकले ५१ हजार १ रूपैया र ट्रफि पाएको छ ।त्यस्तै शनिबार भएको पहिलो सेमीफाइनल खेलमा विमान ट्रेडर्स विर्तामोडलाई ३–१ ले पराजित गर्दै आयोजकले फाइलनमा स्थान बनाएको थियो भने दोश्रो सेमीफाइनल खेलमा रामधुनी सुनसरीलाई ३–१ को सेटमा पराजित गर्दै दमकले उपाधि भिडन्त पक्का गरेको थियो । यस्तै आइतबार नै सम्पन्न तेश्रो स्थानका लागिभएको खेलमा रामधुनी सुनसरीलाई पराजित गर्दै विमान ट्रेडर्स विर्तामोड विजयी भएको छ।
    तेश्रो भएको विर्तामोडले नगद २५ हजार १ रूपैया ट्रफि हात पारेको छ । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
    विजेता तथा उपविजेता खेलाडीहरुलाई सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, सुन्दरहरैंचा ६ का वडाध्यक्ष जीवन राई, नेकपा नेता केदार गुरागाईं, कांग्रेस नेता भक्ति सिटौला लगायतले पुरस्कार .प्रदान गरेका थिए । प्रतियोगितामा समिट धरान, रामधुनी सुनसरी, वविया विर्ता, विमान ट्रेडर्स विर्तामोड, इटहरी उपमहानगरपालिका, दमक झापा, मधेशा ट्रेनिङ सुनसरी, आदर्श युवा क्लव लक्ष्मीमार्ग, केराबारी मोरङ, भोक्राहा सुनसरी र आयोजकको टीम लगायत गरि १२ वटा टीमको सहभागिता रहेको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology