झापाका खरेलसहित नौ खेल पत्रकार पुरस्कृत


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, फाल्गुन १६, २०७७


  • बिर्तामोड, १६ फागुन । युवा तथा खेलकुद मन्त्रालयले झापा टुडे डटकमका सम्पादक हिमाल खरेलसहित नौजना खेल पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ ।


    मन्त्रालयमा आज आइतबार आयाजित एक कार्यक्रमका बीच खरेलसहित देशभरका नौजना खेल पत्रकारलाई खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान र खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान बाँकेका कमल खत्रीलाई प्रदान गरेको छ । पुरस्कारको ५० हजार नगद र प्रमाणपत्र रहेको छ । त्यस्तै, खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार (दलित, महिलातर्फ) दोलखाकी मुना कार्कीलाई प्रदान गरियो । पुरस्कारको राशि २५ हजार नगद र प्रमाणपत्र रहेको छ ।

    प्रदेश १ बाट छनोट भएका खरेल नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हुन् । उनी विगत १७ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । खरेल हाम्रो खेलकुद डटकमका सम्वाददाता पनि हुन् । उनलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।

    त्यस्तै, खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेश २ बाट महोत्तरीका रञ्जनकुमार भण्डारी, बाग्मती प्रदेशबाट काठमाडौँका अनिल मल्ल ठकुरी, गण्डकी प्रदेशबाट पाल्पाका माधवप्रसाद अर्याल, लुम्बिनी प्रदेशबाट दाङका मुक्तिबाबु रेग्मी, कर्णाली प्रदेशबाट जुम्लाका भूपेश उपाध्याय र सुदूरपश्चिम प्रदेशबाट डोटीका सीताराम ओझालाई प्रदान गरिएको छ ।

    पुरस्कारको राशि २५ हजार नगद र प्रमाणपत्र रहेको छ ।युवा तथा खेलकुदमन्त्री दावा तामाङ, मन्त्रालयका सचिव केदार न्यौपाने, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीलगायतले उनीहरुलाई सम्मान तथा पुरस्कृत गरेका थिए ।

     

     

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology