शिवसताक्षी नगरस्तरिय तेश्रो मेयरकपको तयारी पूरा


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, फाल्गुन १५, २०७७


  • शिवसताक्षी, १५ फागुन । झापाको शिवसताक्षीमा फागुन १७ गते देखि २८ गतेसम्म सञ्चालन हुन गइरहेको तेश्रो मेयरकप खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । ८ विद्याका १९ वटा खेल नगरका विभिन्न खेल मैदान तथा कवर्डहलमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिले जनाएको छ ।
    आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङ्गका अनुसार प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, क्रिकेट, कराँते, कबड्डी र व्याडमिण्टनका खेल हुनेछन् । प्रतियोगिता अन्तर्गत नगर स्तरिय फुटबलका बिजेताले ७५ हजार र उपविजेताले ४१ हजार नगदसहित मेडल, ट्रफि र प्रमाणपत्र पाउने छन् ।

    त्यस्तै,फुटबल विद्याका सर्वोकृष्ट खेलाडीले १५ हजार र म्यान अफ दि म्याचका विजेताले १४ हजार पाउने छन् । प्रतियोगितामा सर्वाधिक गोल गर्नेले ८ हजार पाउने आयोजक समितिका सन्तोष पौडेलले बताए । वेष्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राईकरले जनही ५ हजार पाउने छन् । फुटवल दुधेको क्षेत्रीय रंगशालामा हुने छ ।
    यस्तै भलिबल खेलमा विजेता वडाले ५० हजार पुरस्कार पाउने छ भने उपविजेताले ३० हजार पाउने छ । पारावारीको खेलमैदानमा हुने सो खेल १८ गते देखि हुने र भलिबल खेलका म्यान अफ दि म्याचको उपाधि पाउने खेलाडीले १४ हजार र वेष्ट प्लेयरले ७ हजार पाउने छन् ।
    यता महिला तथा पुरुष दुवैको एथलेटिक्सि प्रतियोगिता भने २२ गते देखि हुने भएको छ । व्याङ्गडाँडामा हुने उक्त प्रतियोगिता ८ सय देखि ३ हजार मिटर दुरी सम्मको हुने छ । आयोजकका अन्ुसार छेलो खेलमा महिला पुरुष दुवैले सहभागिता जनाउने छन् । लङ जम्प महिला—पुरुष र हाईजम्पमा महिला मात्र सहभागि हुने छन् । एथलेटिक्स खेलका लागि आयोजकले ६३ हजार ५ सय पुरस्कार राशी छुट्याएको छ ।
    मेयरकप अन्तर्गत क्रिकेट खेल १९ गते देखि झिलझिलेस्थित खेलमैदानमा हुने छ र बिजेताले ५० हजार र उपविजेताले ३० हजार पाउने छन् । क्रिकेटको म्यान अफ दि म्याच १४ हजार, म्यान अफ दि सिजिर ३ हजार र वेष्ट अफ दि खेलाडीले ५ हजार पाउने आयोजकले जानकारी दिएको छ ।
    मेयर कपमा कराँते खेल पनि हुने छ । कराँते महिला र पुरुष दुबैको फरक फरक हुने छ । माईधारको कवर्ड हलमा २२ गते देखि हुने उक्त प्रतियोगिताका बिजेताले २० हजार पाउने समितिका प्रेम फुँयलले बताए । आयोजकका अनुसार कबड्डी २६ गते देखी र बुद्धिचाल पनि २० गते देखी दुधेमा हुने छ । कबड्डीका बिजेताले १५ हजार र उपविजेताले १० हजार पाउने छन् । यस्तै बुद्धिचालका बिजेताले क्रमश १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।
    यता व्याडमिन्टन तर्फको खेल माईधारमा हुने छ । सो विधाका डवल खेडाली बिजेताले १० हजार र सिङगल बिजेताले ५ हजार पाउने छन् । यस्तै दोश्रो डवल बिजेताले ५ हजार र दोश्रो सिङगल बिजेताले ३ हजार पाउने छन् ।
    शिवसताक्षी नगरपालिकाले मेयर कपलाई मिनि ओलम्पिकको उपमा दिएको छ । चालु आर्थिक वर्ष ०७७÷०७८ मा १५ लाख रकम विनियोजन गरेको थियो । गत वर्ष कारोना भाईरसका कारण रोकिएको उक्त प्रतियोगिता फेरी सञ्चालनको तयारी भएको शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले बताए । आयोजकले सबै विधाका खेलमा ५ लाख २९ हजार ५ सय पुरस्कार राशी छुट्याएको छ ।

     

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology