सिंहदेवी स्कुललाई एक थान प्रिन्टर प्रदान


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, पुस ९, २०७७


  • दमक,९ पुस । झापाको कमल गाउँपालिका वडा नम्बर ७ बिष्णुकठ्ठास्थित सिंहदेवी आधारभुत बिद्यालयका पूर्व विद्यार्थी गणेश प्रसाद लकान्द्रीले एक थान कम्प्यूटर प्रिन्टर दिएका छन् ।
    विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न सघाँउ पुरयाँउन उद्देश्यले हाल काठमाण्डौ निवासी नेपाल राष्ट्रिय सुनचादी व्यवसायी मञ्चका केन्द्रिय अध्यक्ष समेत रहेका लकान्द्रीले एक थान कम्प्यूटर प्रिन्टर दिए ।

    आज विद्यालयमा एक कार्यक्रमका बीच उक्त सामाग्री दाता लकान्द्रीका वुवा राम प्रसाद लकान्द्रीले विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राईलाई हस्तान्तरण गरे । शैक्षिक सामाग्री सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन संयोजन समितिका संयोजक ओमनाथ तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

     पितृको स्मृतिमा ५० हजारको कोष

     


    यसैगरि विद्यालयको शैक्षिक तथा भौतिक स्तर अभिवृद्धि गर्न दिनरात अनवरत रुपमा खट्दैआएका संयोजक तिम्सिनाले हालै स्वर्गीय पिता हरिप्रसाद र माता विष्णुमायाको स्मृति रु ५० हजार र कमल ७ निवासी तिल बहादुर जरेलले आफ्नी श्रीमतीको स्मृति अक्षयकोषमा रु.१० हजार १ सय ५० प्रदान गर्नुभएको विद्यालयका प्रअ राईले वताए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology