पाईलटले नै मापसे गरेर प्लेन उडाउन लागेपछि…

  • प्रकाशित मिति : सोमवार, कार्तिक २६, २०७५



  • भारत। भारतको राष्ट्रिय ध्वजावाहक बिमान कम्पनि एयर इन्डियाका एक सिनियर क्याप्टेनले मापसे गरेर प्लेनउदाएको पाईएपछि तीन वर्षको लागि कमर्सियल जेट उडाउन नसक्नेगरि ग्राउण्डेड हुने भएका छन् ।सिनियर पाईलट अरभिन्द कठपालीया मापसे चेकिङका क्रममा यस्तो अवस्थामा भेटिएका हुन् ।

    भारतीय संचार माध्यमहरुका अनुसार एयर इन्डियाका अपरेशन डाइरेक्टर क्याप्टेन अरभिन्द कठपाडिया जहाज उडाउनु पूर्व गरिने अनिर्वाय ब्रेथलाईजर टेस्टमा फेल भएका थिए ।

    उनको डियुटी फ्लाईट नम्बर AI १११ बोइङ ७८७ ड्रिम लाईनरमा रहेको थियो । नयाँ दिल्लीबाट लन्डनको लागि सेड्युल भएको फ्लाईटको कमाण्ड गर्नूअघि गरिएको टेस्टमा उनको शरिरमा अल्कोहलको मात्र निकै बढी देखिएको थियो । पुनः परिक्षणगर्दा पनि टेस्ट रिपोर्ट पोजेटीभ नै आएको थियो ।

    नोभेम्बर ११ को दिउँसो २ः४५ मा सेड्युल भएको उक्त फ्लाईट पाइलटको कारणले १ घण्टा ढिलो गरेर उडेको थियो । नयाँ पाईटलको व्यवस्थापन भएपछि मात्र उक्त फ्लाईट उडेको थियो । पाईलटले जहाज उडाउनु भन्दा १२ घण्टा अघिदेखि अल्कोहलको सेवन गर्न बन्देज लगाइएको हुन्छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology