कांग्रेस सभापति देउवा झापामा


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, चैत्र २३, २०७७


  • झापा,२३ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झापाका विभिन्न कार्यक्रममा सहभागि हुन आज विहान झापा आएका छन्। दुई दिने व्यस्त कार्यक्रम तालिका बनाएर झापा आएका सभापति देउवा झापा आएका हुन् ।


    कांग्रेस झापाका सभापति उद्धब थापाका अनुसार सभापति देउवाले आज बिर्तामोडस्थित स्वर्गीय गिरिराजकुमारी प्रसाईंको घरमा पुगेर परिवारसँग भेटघाट गर्दै छन्। कांग्रेसकी अग्रणी नेतृ प्रसाईंको स्मृतिमा कांग्रेस झापाले दिउँसो १२ बजे पार्टी कार्यालयमा आयोजना गरेको श्रद्धाञ्जली सभामा सभापति देउवा सहभागी हुनेछन्। लगत्तै काँकडभिट्टास्थित नेपाली कांग्रेसका नेता स्वर्गीय तम्मर राईको परिवारलाई भेट्न देउवा काँकडभिट्टा जानेछन्।

    काँकडभिट्टाबाट धाइजनस्थित कांग्रेस कार्यकर्ताको निधनमा शोक व्यक्त गर्न देउवा धाइजन पुग्नेछन्। आजै दिउँसो सभापति देउवाले झापाको कन्काई नगरपालिकामा निर्माणाधीन तुर्सा हेमरम प्रतिष्ठानको भवन अवलोकन गर्ने र शिवसताक्षी नगरपालिकाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान प्राविधिक शिक्षालयको अवलोकन गर्नेछन्।

    त्यस्तै मंगलबार बिहान ८ बजे बिर्तामोडस्थित टाइमलेस होटलमा कांग्रेस सभापति देउवाको पत्रकार भेटघाट कार्यक्रम तय भएको छ। त्यसपछि बुद्धशान्ति गाउँपालिका-७ को सुनमाइमा निर्माण गरिएको सहिद याम आचार्यको शालिक सभापति देउवाले अनावरण गर्नेछन्। मंगलबार दिउँसो देउवा काठमाडौं फर्किने कार्यक्रम रहेको सभापति थापाले बताए।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology