एसले फिर्ता बोलाएका ४ मन्त्री असन्तुष्टि

मन्त्रीबाट राजीनामा दिएर कसैले पत्रकार सम्मेलन गरेर आक्रोश र आँसु दुवै पोखे


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, असार १३, २०७९


  • काठमाडौं । मन्त्रीबाट फिर्ता बोलाएपछि नेकपा एकीकृत समाजवादीका ४ पूर्वमन्त्री निकै असन्तुष्ट छन् । उनीहरु अध्यक्ष माधवकुमार नेपालविरुद्ध संगठित नभएका होइनन् । तर, विद्रोहका लागि संसदीय दलमा बहुमत नपुगेपछि ब्याक भए ।

    १२ असारमा मन्त्रीबाट राजीनामा दिएर कसैले पत्रकार सम्मेलन गरेर आक्रोश र आँसु दुवै पोखे त कोही चुपचाप आफ्नो बाटो लागे । तर, उनीहरुले असन्तुष्टि आजको केन्द्रीय परिषद बैठकमा अनुपस्थित भएर देखाए ।

    निवर्तमान मन्त्रीहरु प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसान श्रेष्ठ काठमाडौंमा भएको बैठकमा अनुपस्थिति जनाएका हुन् । यसले नेकपा एसभित्र खैलाबैला मच्चिएको छ ।

    प्रेम आले र रामकुमारी झाँक्री कुनैपनि बेला विद्रोहको तयारीमा छन् । विरोध खतिवडाको पनि असन्तुष्टि छ । किसान श्रेष्ठ नेकपा एकता अभियानमा भित्र भित्र लागिरहेका छन् । यसले कुनैपनि बेला नेकपा एसको आन्तरिक संरचनामा ठूलै कम्पन आउन सक्ने देखिएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology