राप्रपा दमक र भद्रपुरको नयाँ नेतृत्व


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, चैत्र १५, २०७७


  • दमक,१५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । शनिबार दमक ७ मा पार्टीका नगर अध्यक्ष भिम प्रसाद पौडेलको अध्यक्षता र पार्टी नेता एवं १ नम्बर प्रदेश समिति अध्यक्ष राम थापाको प्रमुख आतिथ्य र केन्द्रिय सदस्य राजेश गिरीको विशेष आतिथ्यमा भएको अधिवेशनले हेम सुवेदीको अध्यक्षतामा नगर समितिको नयाँ नेतृत्व चयन गरेको हो ।


    पार्टी विधान अनुसार नगर समितिमा राम थापा, लक्ष्मीप्रसाद संग्रौला, बासुदेव भट्टराई, सन्तोष राई, ताराप्रसाद अधिकारी, राज कुमार योङ्या, बिजय बराल, कृष्णमाया थापा, प्रकाश वस्नेत, गुणराज घिमिरे, गोविन्द बोहोरा,राजु बुढाथोकी, घनश्याम ढकाल, भरत खड्का, यशुराज दाहाल , याम बहादुर अधिकारी, तेज प्रसाद खरेल, नेत्र प्रसाद चम्लागाई, गोपाल गिरी, कुमार निरौला, चन्द्र बहादुर थापा, टिकाराम खरेल, भीष्म प्रताप भण्डारी, नीर बहादुर कटुवाल, प्रेम कुँवर, टंक सिटौला, अर्जुन कृष्ण रेग्मी, निराजन भट्टराई र जय प्रसाद धिमाल (जीवन ) रहेका छन । पार्टी बिधानमा नगर समिति भन्दा माथिल्लो पदहरुमा योग्य हुनका लागि अनिवार्य नगर र गाउँ समिति भित्र रहेको हुनुपर्ने व्यवस्था रहेको पार्टीका निवर्तमान नगर अध्यक्ष भिम प्रसाद पौडेलले जानकारी दिए ।
    सो अवसरमा पार्टीलाई स्थापना कालदेखि योगदान पुरयाउने अग्रज नेता कार्यकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।त्यसैगरी भद्रपुरमा भएको अधिवेशनले अधिवेशनले पुन राधा कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । राप्रपा नगर समितिको पार्टी एकता अधिवेशनले आगामी कार्यकालका कार्कीलाई पुनः नगर अध्यक्षमा चयन गरेको हो ।


    राप्रपाका नेता राजेन्द्रप्रसाद लिङ्गदेनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य भक्ति सिटौला, केन्द्रीय सदस्य देवीरमण भट्टराई, सुशिला बस्नेत, प्रदेश सदस्य महेन्द्र लावती, जिल्ला सचिव केशव ओझा, जिल्ला सदस्य तथा हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्गदेन लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढीले राप्रपामा प्रवेश गरेका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology