विप्लवको युवा संगठनले गर्यो दमकमा अन्तरक्रिया


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, चैत्र १३, २०७७


  • दमक ,१३ चैत । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको युवा संगठनले विहिबार दमकमा ‘संसदीय व्यवस्था असफलता र बैज्ञानिक समाजवाद स्थापनामा युवाको भुमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।


    युवा संगठन नेपाल मेची -कोशी ब्युरोको आयोजनामा भएको सो कार्यक्रमका वक्ताहरुले राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा युवाहरुलाई उपयोग गर्ने गरिएको तर निर्णायक तहमा भुमिका नदिने गरिएको भन्दै गुनासो व्यक्त गरे ।
    उनीहरुले अहिलेको संसदीय व्यवस्थाले आम नागरिकको जनजीविकाका सवालहरुको सम्बोधन गर्न नसकेकै कारण असफल भइसकेकाले वैज्ञानिक समाजवाद स्थापनामा युवाहरुले सशक्त भूमिका निर्वाह गर्नुपर्ने औंल्याए ।
    आयोजक संगठनका मेची कोशी ब्युरो इञ्चार्ज सुवास राईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका मेची कोशी ब्यूरो कार्यालय सदस्य सुमनसिंह पौडेल, युवा संघ नेपालका प्रत्युस राना, वैज्ञानिक समाजवादी पार्टी झापाका संयोजक नयन लिम्बु, नेकपा क्रान्तिकारी माओवादीका झापा जिल्ला सदस्य भीम लामा, पुनर्गठित नेकपा माओवादी केन्द्र सम्बद्ध युवा संगठनका नेता जीवन लोहार, युवा नेता अर्जुन लामा, किशोर लगायतले आआफनो विचार व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका सुनसरी इञ्चार्ज तथा युवा नेता प्रविण मिश्रले गरेका थिए ।

     

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology