लुम्बिनीमा गिरिजाबाबुको ११ औं स्मृति दिवस


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, चैत्र ५, २०७७


  • रुपन्देही,५ चैत । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला ‘गिरिजाबाबु’ को ११ औं स्मृति दिवस बुधबार मनाइएको छ । गिरिजाबाबुको ११ औं स्मृति दिवसको सन्दर्भमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन रुपन्देहीको आयोजनामा विश्व शान्तिको केन्द्रभूमि लुम्बिनीमा शान्तिदीप प्रज्ज्वलन भएको हो ।


    उक्त कार्यक्रममा फाउन्डेसन कि संरक्षक समेत रहेकी अध्यक्ष सुजाता कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित स्मृति दिवसमा वक्ताहरुले गिरिजाबाबुको लुम्बिनी क्षेत्रसंग बिशेष सम्बन्धको समेत चर्चा गरिएको थियो ।
    प्रमुख अतिथि रहेकी नेतृ कोइरालाले गिरिजाबाबु लुम्बिनीको बृहत्तर बिकास गरि त्यसस्थललाई धार्मिक तथा पर्यटन प्रवद्र्धनमा जोड दिदैआएको वताईन् । उनले प्रचुर सम्भावना रहेको लुम्बिनी क्षेत्रलाइ हामीले जति प्राथमिकता साथ अगाडी बढाउनु पर्ने थियो त्यो हुन नसकेकोमा गिरिजा बाबु सधै त्यसलाई कसरी तिब्र गतिमा विकास गरेर अन्तराष्टिय आकर्षणको केन्द्र बनाउन सकिन्छ भनेर क्रियासिल गर्न चासो राख्ने गर्नुभएको स्मरण गरिन् ।

    उनले भिक्षु फुजी गुरुजीको विश्व शान्ति स्तुपा निर्माण अभियान अन्तर्गत शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पनि बनाउदा लुम्बिनी क्षेत्रको पहिचान अन्तरास्ट्रिय स्तरमा फैलने र विश्वपर्यटनको केन्द्र बनाउन थप टेवा पुग्ने मनसायले गिरिजाबाबुले सो योजनालाइ अगाडी बढाउन सहयोग गरेर त्यस कार्यले विस्तारै आकार लिदै गएको सुनाईन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology