विराटनगर,५ चैत । नेपाली कांग्रेस मोरङका पूर्वसभापति तथा तत्कालीन संविधान सभा सदस्य अशोक कोइरालाको निधन भएको छ ।
७७ वर्षीय कोइरालाको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा आज बिहान निधन भएको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिए ।

कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विजयी भई विराटनगर उपमहानगरको पहिलो मेयरमा बनेका थिए ।श्वासप्रश्वासमा समस्या देखिएर असहज महसुस गरेपछि कोइरालालाई उपचारका लागि बुधबार बिहान अस्पताल भर्ना गरिएको थियो । उनमा निमोनियाको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । कोइराला पूर्व प्रधानमन्त्री सुशील कोइरालाका भाइ हुन् ।