कमलमा राप्रपाको महिला र युवक संगठन गठन


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, फाल्गुन २९, २०७७


  • कमल ,२९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन र युवक संगठन कमल गाउँपालिकाको नेतृत्व चयन भएको छ ।
    शनिवार कमल ४ स्थित मुजुरभिट्टास्थित शिवपाञ्चायन मन्दिरमा सम्पन्न महिला र युवक संगठनको एकैसाथ सम्पन्न भएको पहिलो अधिबेशनले दुवै संगठनको नयाँ नेतृत्व चयन भएको पार्टी अध्यक्ष दिपक खरेलले जानकारी दिए ।


    उनका अनुसार महिला संगठनको अधिबेशनले गीता पाठक अध्यक्षतामा १५ सदस्यीय समिति निर्वाचित गरेको छ ।निर्वाचित समितिको सदस्यहरुमा तारा बस्नेत,कुमारी अधिकारी,गंगा बुढाथोकी, जानुका विष्ट,सावित्रा अधिकारी,मैया कार्की,मिना दर्जी,तुलासा ढुंगाना,मिटीया हेमरम,गीता भण्डारी,मन्जु श्रेष्ठ,रमा लिम्बू,उर्मिला खड्का र मन्जु भण्डारी चुनिएकी छिन् ।
    त्यसैगरि अधिबेशनले पदम श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय युवा संगठन गठन गरिएको छ । समितिको तीन उपाध्यक्षमा प्रेमबहादुर लिम्बू,प्रतिक खरेल ,किरण खरेल, सचिवमा नविन बस्नेत,सहसचिवमा नविन खतिवडा र कोषाध्यक्षमा निर्मल नेपाली चुनिएका छन् । यस्तै सदस्यहरुमा बलबहादुर राई, दिनेश बुढाथोकी,नितेश राई,चन्द्रबहादुर कार्की,दिलबहादुर खड्का,सागर उप्रेती,सरोज चापागाई,केशव गुरुङ,निर्मल नेपाली,युनिस तिम्सीना ,पुष्कर कुमार दास,अविन लिम्बु र बिश्व लिम्बू चुनिएका छन् ।
    पार्टीका जिल्ला अध्यक्ष अम्बर विष्टको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा पार्टीका प्रदेश सदस्य विक्रम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

     

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology