झापामा कोइराला समूहले बढायो सक्रियता

२५ फागुनमा दमकस्थित क्षेत्रीय पार्टी कार्यालयमा भेटघाट कार्यक्रम


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २०, २०७७


  • दमक,२० फागुन । नेपाली कांग्रेसको महाधिवेशन र सरकारमा पार्टीको सहभागिताको बिषय पेचिलो बनिरहेका बेला कांग्रेस सभापतिका दाबेदार मानिएका डा. शेखर कोइरालाले अर्का शीर्ष नेता एवं सभापतिका दाबेदार कृष्ण प्रसाद सिटौलाको गृह जिल्ला झापामा सक्रियता बढाएका छन । केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसंग समेत निकट रहेर आगामी महाधिवेशनमा जाने तयारी गर्ने सम्भावना बोकेको कोइराला समूहले जिल्ला तथा क्षेत्र तह सम्म सक्रियता बढाएको हो ।


    लामो समयदेखि झापामा रहेको नेता सिटौला पक्षको दबदबालाई चुनौती दिदैं डा. कोइराला नेतृत्वको समूहले झापामा सक्रियता बढाएको हो । हुन त डा. कोइराला भौगालिक हिसाबले झापासंगै जोडिएको मोरङका हुन । उनी पार्टीको आगामी १४ औं महाधिवेशनमा सभापतिको बलियो उम्मेदवारका रुपमा हेरिएका नेता हुन ।

    पार्टीमा निकटस्थहरुले कोइराला परिवारको नेतृत्वको अभाव खडकिरहेको दाबी गरिरहेका बेला डाक्टर कोइराला आगामी महाधिवेशनलाई लक्षित गर्दै झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्ताहरुसंगको भेटघाट तथा अन्तरक्रियाका लागि दमक आउने कार्यक्रम तय भएको हो । कांग्रेस झापा क्षेत्र नं ५ ले आगामी २५ फागुनमा दमकस्थित क्षेत्रीय पार्टी कार्यालयमा आयोजना गर्ने भेटघाट कार्यक्रमको प्रमुख अतिथिका रुपमा कोइराला आउने निश्चित भएको सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिएको छ । पछिल्लो राजनीतिक घटनाक्रम संगै कांग्रेसको भुमिका के होला ? भन्ने जिज्ञासा कार्यकर्ता र शुभेच्छुकहरुमाझ बढिरहेको छ भने पार्टीमा नेतृत्व परिवर्तनको चर्को बहस चलिरहेको छ ।

    झापामा पार्टीले आयोजना गर्ने हरेक जसो क्षेत्रीय तथा गाउँ- नागरस्तरका कार्यक्रममा समेत पूर्व महामन्त्री सिटौलाको उपस्थिती हुने गरेको थियो । पछिल्लो समय कांग्रेस झापामा सिटौला इतरका समूहमाथि सिटौला समर्थक समूहले दबदबा बढाएका कारण सिटौलालाई चुनौती दिन कोइराला निकट कार्यकर्ताहरु आतुर भएका दाबी छ ।
    सिटौला समूहले पार्टीमा दबदबा देखाएको र पार्टीमा पदीय मर्यादा विपरित विभिन्न तह तप्काका नेताहरुलाई उपेक्षा गर्ने गरेको झापाका सिटौला इतर नेता कार्यकर्ताहरुको बुझाई छ । सिटौला समुहको एकल दबदबा रहेको चर्चाका बीच आम कांग्रेस कार्यकर्ताहरुलाई समेटन सो समूहले आफनो गतिबिधि बढाएको निकटस्थहरुको भनाई छ । दमकमा हुने क्षेत्रीयस्तरका अगुवा कार्यकर्ताहरुको भेलालाई डाक्टर कोइरालासंगै प्रखर मानिएका वक्ताहरु गुरुराज घिमिरे, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, महिला नेतृ सरिता प्रसाइँ लगायतले पनि सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology