समायोजन प्रति जसपा जिल्ला समितिकै विरोध


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, फाल्गुन १९, २०७७


  • दमक,१९ फागुन । जनता समाजवादी पार्टी नेपाल झापा जिल्ला समायोजन सहजीकरण कार्यदलले एकपक्षीय रुपमा जिल्ला पार्टी समायोजन गरेको भन्दैं त्यस पार्टीका जिल्ला नेतृत्वले आपत्ति जनाएका छन् । गत फागुन १७ गते त्यस कार्यदलले पार्टी समायोजन टुङग्याएको भनी विज्ञप्ति मार्फत सार्वजनिक गरिएको थियो ।


    कार्यदलको निर्णय लगत्तै पार्टी जिल्ला समितिका अध्यक्ष दिपेनवाला राईसहितका जिल्ला पदाधिकारीहरुले कार्यदलले पार्टी समायोजन कार्यदलले पार्टीले तोकेको स्पष्ट निदेशिका विपरीत तथा तत्कालीन समाजवादी पार्टी जिल्ला समन्वय समितिसंग समन्वय नै नगरि सहमति भएको भनी सार्वजनिक गरिएको प्रति आपत्ति जनाउदैं त्यस्ता गतिविधि पार्टी एकता विरोधी भएको उल्लेख गरेका छन् ।
    विज्ञप्तिमा पार्टीका उपाध्यक्षद्धय वीरवहादुर श्रेष्ठ,शिवन सोराली मगर,सचिव पुष्पप्रसाद पौडेल,सहसचिव अर्जुनकुमार राई र कोषाध्यक्ष राजु खड्काको हस्ताक्षार छ ।
    उनीहरुले समायोजन गरिएको विवरण कपोकल्पित भएको र त्यस्तो भ्रममा नपर्न आम पार्टी कार्यकर्ताहरुलाई आग्रह समेत गरिएको विज्ञप्तिमा जनाईएको छ ।
    दमकमा सोमबार सम्पन्न कार्यदलको बैठकले अनुतसिंह राजवंशीको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला समन्वय समिति र २५ सदस्यीय जिल्ला कार्यकारिणी समिति गठन गरिएको थियो । कार्यदलको निर्णय लगत्तै जसपाका केन्द्री सदस्य देउकुमार नेम्बालगायतका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा असन्तुष्ट पोखेका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology