विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सरकार ढृण :प्रधानमन्त्री


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १८, २०७७


  • उर्लावारी ,१८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सरकार ढृणताका साथ लागेको वताएका छन् ।
    मोरङको उर्लाबारी नगरपालिका वडा न. ९ रातेहोली किनारमा सरकारले निर्माण गर्न लागेको सन्थाल एकीकृत बस्तीको आज शिलान्यास समारोहलाई सम्बोधन गर्दे उनले देशैभरि विकास र समृद्धिको प्रचुर काम भईरहेको जिकीर गरे । सरकार विकास र समृद्धिको महान लक्ष्यमा प्रतिवद्ध भएको चर्चा गर्दे उनले विकास र समृद्धि नचाहने देशी,विदेशी शक्तिले सरकारविरुद्ध जाइलागेको आरोप लगाए ।


    देशको समस्या भनेको विकास र गरिवी भएको उनको भनाई थियो । तीन वर्ष अघिसम्म खासै विकासले फड्को मार्ननसकेको तर त्यसपछि सरकारले धेरै काम गर्न सकेको वताउदै उनले भने, –‘अव सरकारले देशभरि यहाँका भूमि तथा घरवारविहीन भएकालाई आधारभूत संरचना तयार गरि बसोवासको व्यवस्था गर्न लागेका छौ ’
    यहाँका अल्पसंख्यक सन्थाल जाती राज्यको मूल प्रवाहबाट बञ्चित भएको उल्लेख गर्दे यस्ता जातीलाई सामाजिक, आर्थिक ,सांस्कृतिक रुपमा सवल बनाउन सकेमात्र समृद्धीको लक्ष्य पूरा हुने प्रधानमन्त्री ओलीको धारणा राखेका थिए ।
    शिलान्यास समारोहमा शहरी विकास मन्त्री मन्त्री प्रभु शाह, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भूमिसुधारमन्त्री डा.शिवमाया तुम्बाहाम्फे, पूर्वंसभामुख सुवास नेम्बाङ, प्रदेश १ प्रमुख सोमनाथ प्यासी ,मुख्य मन्त्री शेरधन राई, बाग्मती प्रदेश प्रमुख डोरमणी पौडेल लगायतका उपस्थिति रहेको थियो ।

    प्रधानमन्त्रीद्वारा सन्थाल एकीकृत बस्तीको शिलन्यास

    यसैगरि, प्रधानमन्त्री ओलीले आज मोरङको उर्लाबारीमा निर्माण हुन लागेको सन्थाल एकीकृत बस्तीको शिलान्यास गरे ।उर्लावारी नगरपालिका वडा न. ९ स्थित रातो होली किनार जग्गामा सरकारको रु ३० करोड लगानीमा निर्माण हुने सन्थाल एकीकृत बस्तीको उनले शिलान्यास गरे ।
    शहरी बिकास मन्त्रालय अन्तरगतको सहरी बिकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन इकाई मोरङ मार्फत निर्माण हुने एकीकृत बस्तीमा १३२ घर बनिने मन्त्रालयका सचिव डाक्टर रमेश प्रसाद सिंहले वताए ।
    भुमि तथा घरबार बिहिन अति बिपन्न सन्थाल र उराँव समुदायलाई बसोबास दिन सरकारको निर्णयअनुसार बस्ती निर्माण थालिएको उनले जानकारी दिए ।
    उक्त परियोजना अन्तर्गत पहिलो चरणमा घरधुरी तथा सडक निर्माणका लागि रु १७ करोड ५६ लाख ३९ हजार ९६९ खर्च लाग्ने सचिव सिंहले जनाए ।
    नगरबाट सन्थाल एकीकृत बस्ती बिकास गर्ने निर्णय अनुसार सन्थाल एकीकृत बस्ती बिकास परियोजना शुरु गरिएको उर्लावारी नगरपालिकाका प्रमुख खड्क फागोले बताए । उनका अनुसार एकीकृत बस्ती ३१ हजार ७६८ बर्ग मिटर जग्गामा निर्माण हुने र बस्तीमा १०६ सन्थाल र २६ उराँव समुदायलाई घर दिइने छ । बस्तीमा एक परिवार बसोबासको लागि चाहिने न्युनतम २ सयन कोठा,एक भान्साघर,एक सौचालय सहित सडक ,खानेपानी,मनोरंजन स्थल,खोल्सी संरक्षण ,बालबिकास केन्द्र,सामुदायिक भवन लगायतका आवश्यक पूर्वाधारहरु समेत तयार गरिने छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology