जसपा झापा समायोजन टुङ्गियो, अध्यक्षमा राजवंशी

समायोजन घोषणा १९ गते बिर्तामोडमा हुने


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, फाल्गुन १७, २०७७


  • दमक, १७ फागुन । जनता समाजवादी पार्टी नेपालको झापा जिल्ला समायोजन टुङ्गिएको छ । जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिबाट गठित जिल्ला समायोजन कार्यदलले सर्वसम्मत निर्णय सहित समायोजन टुङ्गोमा पुर्याएको कार्यदल सदस्य एवम् प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिएका छन् ।


    कार्यदलले आज सोमबार दमकमा पूर्व समाजवादी र राजपा जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई निर्णय जानकारी गराएको थियो भने विज्ञप्ति समेत जारी गरेर समायोजन टुङ्गिएको जानकारी दिएको हो ।
    विज्ञप्तिमा जनाइए अनुसार अनुतसिंह राजवंशीको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला समन्वय समिति बन्ने छ भने २५ सदस्यीय जिल्ला कार्यकारिणी समितिका उपाध्यक्षहरुमा क्रमशः वीरबहादुर श्रेष्ठ, देबेन्द्रकिशोर ढुङ्गाना, सङ्गीता रौनियार, सज्जनकुमार वंशल, गोकुल हुमाँगाई, मेरी राजवंशी र शिवन सोराली मगर छन् । त्यस्तै सचिवमा दिपक न्यौपाने, उपसचिवहरुमा अर्जुन राई, खड्गनारायण राजवंशी, बुद्ध बराइली, पुष्पितादेवी साह र रमा मेचे छ्न् ।
    कोषाध्यक्षमा राजु खड्का छन् भने कार्यकारी सदस्यहरुमा क्रमशः कामेश्वर राजवंशी, सुन्दरलाल साह, भाद्रु गणेश, प्रेमकुमार राई, शान्ता पालुङ्वा, गणेश दाहाल, डिल्ली माबो र उदय गुरुङ छन् ।
    फागुन १९ गते बिर्तामोडको रोयल पार्टी प्यालेसमा समायोजन कार्यदलले बृहत् भेला आयोजना गरेर जसपा जिल्ला समन्वय समितिको औपचारिक घोषणा गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । सो भेलालाई पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् पूर्वमन्त्री रकम चेम्जोङले सम्बोधन गर्ने बताइएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology