प्रधानमन्त्री यसै साता तीन पटक झापा आउदै


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १३, २०७७


  • झापा, १३ फागुन । सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्लाका विभिन्न कार्यक्रममा सहभागि हुन यसैसाता ३ पटक झापा आउने भएका छन् ।
    उनी फागुन १६, १८ र २१ गते झापा आउने भएका हुन् । प्रधानमन्त्री सचिवालयका सदस्य होमबहादुर थापाका अनुसार १६ गते उनी दिनभर दमक र कमलमा हुने कार्यक्रममा सहभागी हुने छन् ।फागुन १६ गते प्रधानमन्त्री ओलीले दमक र कमलमा बिभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री ओलीले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्ने कार्यक्रम छ । मदन भण्डारी मार्ग धरान पूर्व सेक्टर अन्तरगत पर्ने २५ वटा बढी पुलहरु एकैपटक प्रधानमन्त्रीले शिलान्यास गर्ने छन् ।
    यस्तै दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक ४ बाट उर्लाबारीको आम्बाडी जोड्ने मावा पुल, दमक १० बाट बालुुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
    यस्तै, प्रधानमन्त्री ओलीले गौरादह, दमक र कमलमा २ हजार २ सय बिगाहमा बन्ने चाइना -नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्ने छन् । कमल ७ मा हुने कार्यक्रम पछि प्रधानमन्त्रीले त्यहाँ आयोजना गरिने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थापाले बताए ।
    यसैगरि, प्रधानमन्त्री ओलीले फागुन १८ गते व्यवसायी दुर्गा प्रसाईँले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने र २१ गते सुखानी शहिद स्मृति दिवसका अवसरमा बिर्तामोडमा हुने सभालाई ओलीले सम्बोधन गर्ने नेकपा झापाका कार्यालय सचिव शिव ढुगेँलले जानकारी दिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology