पाडाजुंगीमा कांग्रेस र जसपाद्धारा दिपप्रज्जवलन


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, फाल्गुन १२, २०७७


  • दमक,१२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पूर्नास्थापना गराउने फैसलालाई स्वागत गर्दे झापाको कमल गाउँपालिका ५ मा आज बुधबार साँझ दीपप्रज्वलन गरिएको छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा )का नेता तथा कार्यकर्ताहरुले स्थानीय पाडाजुंगी चौंकमा खुसीयाली मनाउदै दिपप्रज्जवलन गरेका हुन् ।


    दिपप्रज्वलन कार्यक्रममा बोल्दै  जसपा तथा कांग्रेसका स्थानीय नेतृत्वले सर्वोच्च अदालतको फैसला प्रतिगमन रोक्ने कार्य भएको जोड दिएका थिए । जनता समाजवादीका केन्द्रीय सदस्य समेत रहेका नेपाल आदिवासी जनजाति महासंघका महासचिव नित्यानन्द ताजपुरियाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गर्ने कार्य प्रतिगमन ,असम्बैधानिक भएकाले त्यसलाई सच्याएर सर्वोच्च अदालतले जनताको पक्षमा फैसाला गरेको बताए ।
    त्यस्तै कांग्रेसबाट जिल्ला प्रतिनिधि राजकुमार न्यौपानेले प्रधानमन्त्री ओलीको असम्बैधानिक कदम सच्चयाउन अदालतको फैसला स्वागतयोग्य भएको विचार राखे ।
    सो कार्यक्रममा कांग्रेसका क्षेत्रीय सचिव धर्मानन्द भट्टराई ,जसपाका कमल अध्यक्ष प्रेम राई ,कांग्रेस ५ का वडासभापति एकराज प्याकुरेल लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology