राप्रपा कमलको नयाँ नेतृत्व, अध्यक्षमा दिपक खरेल चुनिए


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, माघ २४, २०७७


  • कमल,२४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी कमल गाउँपालिकाको अध्यक्षमा दिपक खरेल चुनिएका छन् । पार्टी एकीकरण पछिको आज सम्पन्न पहिलो गाउँ अधिवेशनले खरेलको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको हो । पार्टीको नयाँ बिधान अनुसार अधिवेशन मार्फत छनौट भएका सदस्यहरु मध्येबाट अन्य पदाधिकारी छनौट हुने जनाइएको छ ।

    नवगठित समितिका सदस्यहरुमा तारा देवी बस्नेत, विष्णु प्रसाद पौडेल, खड्ग बहादुर श्रेष्ठ, युवराज खड्का, डिल्लीराम उप्रेती, सन्त कुमार कार्की, कुमार भण्डारी, नर बहादुर पोख्रेल, अर्जुन कार्की, हिमा तिम्सिना खड्का, विक्रम अधिकारी, पदम श्रेष्ठ, तालामाइ सोरेन, सेलिना राई , विसु लिम्बु, मिना विक गिता पाठक, तिर्थराज गौतम, श्याम अधिकारी, गोविन्द चम्लागाइ, उर्मिला खड्का र लय प्रसाद उप्रेती रहेका छन् ।
    पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा भएको अधिबेशनको उद्घाटनमा बोल्दै वक्ताहरुले हिन्दु राष्ट्र सहितको राजसंस्था र संघीयताको खारेजीको लागि बाटो आफै खुल्दै गएको बताएका छन् । प्रमुख अतिथि लिङ्देनले राजालाई गाली गर्दै हिड्ने कांग्रेस र कम्युनिस्टहरुबाट देशको भलाई कुनै पनि हालतमा हुन नसक्ने जिकीर गरे ।
    गणतन्त्रको नाममा अहिले छाडातन्त्र मौलाउदै गएको र यसवाट देश र जनताको भलो नहुने नेता लिङ्गदेनले बताए। गत आमनिर्वाचनबाट प्रमुख प्रतिपक्षीको जिम्मेवारी पाएको कांग्रेसले बलियो भुमिका निर्वाह गर्न नसकेको बताउदै उनले सिद्धान्त नै नबोकेको कांग्रेस पार्टीको औचित्य सकिएको ठोकुवा गरे । बलियो कम्युनिस्ट पार्टी बनाएर जनतालाई सुख दिन्छौं भन्दै हिड्ने कम्युनिस्टहरुले देशलाई बर्बाद पार्न लागेकोले आफुहरु टुलुटुलु हेरेर बस्न नसक्ने बताए । अभिभावक नरहेको पार्टीले चलाएको सरकार असफल हुनु सामान्य भएको भन्दै नेता लिङ्ग्देनले गणतान्त्रिक व्यवस्था असफल भइसकेको टिप्पणी गरे । उनले तत्काल संघीयताको खारेजी गर्न आफैले अभियान थालिसकेको बताए ।
    केन्द्रिय सदस्य तथा प्रदेश कार्यसमिति सचिब वासुदेव भट्टराई तथा झापा जिल्ला अध्यक्ष अम्बर विष्टले कार्यकर्ताले निर्वाह गर्नुपर्ने भुमिकाको बारेमा चर्चा गरेका थिए ।
    कार्यक्रममा जिल्ला सदस्य सेलिना राई, बिक्रम अधिकारी, दमक नगर अध्यक्ष भिम पौडेल, क्षेत्रीय अध्यक्ष विजय बराल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा झापा जिल्ला सचिव केशव ओझा, युवक संगठन क्षेत्रीय अध्यक्ष सान नेपाल लगायतको उपस्थिति रहेको थियो ।
    अधिबेशन उद्घाटनमा पार्टीका कमल गाउँपालिका अध्यक्ष विष्णु प्रसाद पौडेलले पार्टीको गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology