संसद विघटन विरुद्ध कांग्रेसको देशैभरि विरोध प्रर्दशन


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, माघ २४, २०७७


  • विर्तामोड २४ माघ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक रुपमा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले आज शनिबार देशभर विरोध प्रदर्शन गरेका छन् ।
    ओलीले पार्टी विवाद मिलाउन नसक्दा निर्वाचित जनप्रतिनिधिमूलक सर्वोच्च संस्था विगठनले लोकतान्त्रिक संविधानलाई नै जोखिममा पारेको भन्दै कांग्रेस निकट शुभेच्छुक संघसंस्थाहरुले संसद पुर्नस्थापनाको माग राख्दै देशब्यापी विरोध प्रदर्शन गरेका हुन् ।
    देशब्यापी विरोध प्रदर्शन अन्तर्गत झापामा पनि ट्रेड युनियन कांग्रेसमा आबद्ध संघसंस्था तथा शुभेच्छुक संघसंस्थाहरुले संयुक्त विरोध प्रदर्शन सम्पन्न गरेका छन् ।इलाका प्रहरी कार्यालय विर्तामोड अगाडिबाट निकालिएको ¥याली मुक्तिचोक परिक्रमापछि इप्रका अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागिहरुले संसद विघटनको असंवैधानिक कदम फिर्ता ले, संघीय लोकतान्त्रिक गणतन्त्र–जिन्दाबाद, नेपाली कांग्रेस जिन्दाबाद, वीर शहीद अमर रहुन, प्रतिनिधसभा पुर्नस्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर लगायतका नारा लगाउदै प्रर्दशनमा उत्रिएकाथिए ।


    ¥यालीपछि आयोजित कोणसभामा बोल्दै नेपाली कांग्रेस झापाका सभापति तथा प्रमुख अतिथि उद्वव थापाले हरेक तानाशाहको अन्त्य जनदबाबबाट समाप्त भएको बताउँदै ओली पनि तानाशाही बाटोमा हिडेकोले उनको अन्त्य सुनिश्चित भएको धारणा रााखे ।
    नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले कम्युनिष्टको कहिल्यै विश्वास नगर्न भनेको स्मरण गर्दै नेता थापाले जनताले विश्वास गरेर सरकारमा पु¥याएइका कम्युनिष्टले सरकार र सडकमा रमिता देखाएको टिप्पणी गरे। सडकबाटै सरकार ढालेर संसद पुनस्र्थापना गरेरै छाड्ने उद्घोष गरेका थापाले सरकारको भ्रष्टाचार, अनियमितता र संविधानको अपहेलना अन्त्यका लागि सडक संघर्षको विकल्प नभएको औल्याए ।
    कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले सरकार आफैं सडकमा निस्किएर पञ्च¥याली निकाल्न थालेको बताउँदै संसद पुनस्र्थापना गरेर मात्रै कांग्रेस निर्वाचनमा जाने बताईन्।
    नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाईले संसारका धेरै मुलुकबाट कम्युनिष्ट पार्टीको सरकार ढलिसकेको उदाहरण प्रस्तुत गर्दै कम्युनिष्टलाई अझै जनताले बोकिरहे सरकार दुर्गन्धित भइरहने जिकीर गरे। सरकार कम्युनिष्ट सर्वसत्तावाद उन्मुख रहेको भन्दै उनले सर्वसत्तावादी चरित्र सडकबाटै समाप्त पार्ने चेतावनी दिए ।
    कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौला, नेपाल चिया बगान श्रमीक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ लगायतले बोलेका थिए भने कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, संविधानसभा सदस्य विश्वदीप लिङ्देन, भातृ संघसंस्था विभाग प्रमुख देउमान थेवे , नेपाली कांग्रेस झापाका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापति, लगायत विभिन्न भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सदस्य, चिया श्रमिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    नेपाल ट्रेड युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताप अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ, नेपाल प्रजातान्त्रिक महासंघ, नेपाल ब्युटिसियन संघ, नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ, नेपाल ब्यापार सम्बद्ध श्रमिक संघ, नेपाल नाइ संघ, नेपाल कृषि श्रमिक संघ, नेपाल तामाङ संघ, स्थानीय तह कर्मचारी संघ, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स, नेपाल यातायात मजदुर संघ, नेपाल सांस्कृतिक कलाकर्मी संघ, नेपाल गृह श्रमिक संघ, नेपाल इम्बोइडरी हेण्डीक्राफट तथा सिलाईबुनाई श्रमिक संघ, नेपाल निर्माण सम्बद्ध श्रमिक संघ, नेपाल वित्तीय श्रमिक संघ, नेपाल माछा ब्यापार श्रमिक संघ, डेमोक्रेटिक लयर्स एसोसियसन, नेपाल निजामति कर्मचारी संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल भारबाहक मजदुर संघ, नेपाल कारखाना श्रमिक संघ ,नेपाल सार्वजनिक सेवा कर्मचारी संघ, नेपाल रिक्सा तथा ठेला श्रमिक संघ, पर्यटन होटल तथा रेस्टुरेन्ट श्रमिक संघ, नेपाल इ–रिक्सा तथा टेम्पो चालक संघ लगायतका शुभेच्छुक संघसंस्थाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology