विभिन्न पार्टी परित्याग गरि जसपामा ५ सय जना प्रवेश


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, माघ २०, २०७७


  • दमक,२० माघ । जनाता समाजवादी युवा संघ नेपाल १ नं प्रदेश कमिटीको आयोजनामा दमकमा सोमबार पार्टी प्रवेश तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यतामा पार्टी कार्यकर्ता भेटघाटसहित नव प्रवेशीहरुलाई स्वागत गरि सम्पन्न भएको पार्टीले जनाएको छ। सो भेलामा विभिन्न पार्टी परित्याग गरि ५ सय जनालाई पार्टी प्रवेश गराईएको पार्टी झापा जिल्ला अध्यक्ष दिपेनवाला राईले वताए ।


    यसरी पार्टी प्रवेश गर्नेहरुमा हल्दिवारी गाविसका पूर्व प्रधानपञ्च तथा राप्रपाका नेता लक्ष्मी प्रसाद लावती, नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया पूर्व अध्यक्ष पवन चाम्लिङ, नेपाल आदिवासी जनजाति महासंघ कमल गाउँपालिकाकी सल्लाहकार नेतृ चन्द्रकला सुब्बा, ईलाम गजुरमुखी आधारभूत विद्यालयका प्रधानाध्यापक टंक योङहाङ, नेविसंघका पूर्व नेता फडिन्द्र भण्डारी लगायतका अगुवा तथा सर्वसाधारणहरु रहेका छन् ।
    युवा संघका १ नं प्रदेश अध्यक्ष रोशन लिम्बूको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य युवराज कार्की, केन्द्रीय सदस्य भुराज राई, खगेन्द्र माखिम, राधा थापा, प्रदेश अध्यक्ष फक्तालुङ योङहाङ, समाजवादी युवा संघका केन्द्रीय सदस्य महेश राना मगर, पार्टीका जिल्ला अध्यक्ष दिपेन बाला राई, युवा संघका झापा जिल्ला अध्यक्ष महेन्द्र कटुवाल लगायतले बोलेका थिए भने कार्यक्रम सञ्चालन युवा संघ प्रदेश उपाध्यक्ष तोया न्यौपानेले गरेका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology