आयो आइफोन-११, यस्ता छन् विशेषता


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६


  • एजेन्सी । एप्पलले आफ्नो नयाँ मोडलका फोनहरु सार्वजनिक गरेको छ । म‌ंगलबार अमरेकिको क्यालिफोर्नियामा आयोजित एक कार्यक्रमकाबीच एप्पलले आईफोन-११, आईफोन-११ प्रो र आईफोन-११ प्रो म्याक्स सार्वजनिक गरेको हो ।

    यी फोनहरुको बजार मूल्य क्रमश: ६ सय ९९ डलर, ९ सय ९९ र १ हजार ९९ डलर रहेको छ। सेप्टेम्बर १३ देखि यी मोडलका फोनहरु बजारमा उपलब्ध हुने एप्पलले जनाएको छ।

    नयाँ आइफोन रातो,कालो,पहेँलो,सेतो, हरियो र बैजनी गरी ६ रङमा उपलब्ध छ।

    आइफोनका ११ सिरिजका फोनको मुख्या विशेषता लङ लाइफ ब्याट्री हो। यो सिरिसका फोनको ब्याट्री आइफोन १० का मोडलहरुभन्दा धेरै टिकाउ छ। यस्तै एप्पलले पहिलो यी फोनहरुमा ए१३ बायोनिक प्रोसेसर प्रयोग गरेको छ। बायोनिक प्रोसेसरले फोनको क्षमतालाई झन् छिटो र छरितो बनाउँछ। आइफोन-११ मा चाँडै फेस अनलकको सुविधा समेत छ।

    क्यामेरा नाइड मोड सुविधा समेत भएको आईफोन-११ प्रोको पछाडि ३ वटा क्यामेरा छन् भने आईफोन ११ मा २ वटा छन्। फ्रन्ट क्यामेर १२ मेगापिक्सलको छ। यस्तै फोनले ४के भिडियोहरु समेत खिच्छ।

    ११ सिरिजका फोनहरु आईओएस १३ ओपरेटिङ सिस्टम प्रयोग गरिएको छ। आइफोन ११ मा ६४, १२८ र २५६ जिबीको इन्टरनल स्टोरेज, ११ प्रो र प्रो म्याक्समा ६४, २५६ र ५१२ जीबीको इन्टरनल स्टोरेज उपलब्ध छ।

    वाईफाई ६ सपोर्ट गरेपनि आइफोन-११ मा फाइभजी छैन।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology