हरियाली सामुदायिक वनद्वारा वैज्ञानिक वन व्यवस्थापन सुरु

हाम्रो दमक

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका – ६ मा रहेको हरियाली सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन सुरु गरेको छ । सामुदायिक वन भित्र रहेका माऊ रुख राखेर चक्रिय प्रणाली अन्तरगत पुराना, ढलापढाका रुख हटाउँदै नयाँ विरुवा रोपेर सामुदायिक वनलाई अझ हरावरा बनाउन वन व्यवस्थापन शुरु गरिएको सामुदायिक वनका उपाध्यक्ष जगन्नाथ खनालले जानकारी दिनुभयो । खनालका अनुसार आजबाट वैज्ञानिक वन व्यवस्थापनको काम शुरु भएको छ ।

सो अवसरमा डिभिजनल वन कार्यालय झापाका डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले वैज्ञानिक वन व्यवस्थापनले पुग्ने फाइदाका विषयमा जानकारी गराउनुभएको थियो । ८० वर्षे गुरु गोजना सहित थालिएको वैज्ञानिक वन व्यवस्थापनले वनलाई व्यवस्थित गरी उपभोक्तालाई अधिकभन्दा अधिक फाइदा पुग्ने र वनजंगल हराभरा बनाउन सकिने बताइएको छ ।

वन्यजन्तुको आवातजावतमा समेत सहज हुने र वनभित्र सालका राम्रा रुख हुर्कन मद्दत मिल्ने भन्दै डिभिजनल वन अधिकृत घिमिरेले भन्नुभयो–‘ जसका लागि वन भित्रै प्लट बवाइन्छ र प्लटभित्रका माउ रूख जोगाउने र त्यसबाट झरेको बीउलाई प्राकृतिक रूपमा उमारेर नयाँ रूखहरू उत्पादन गरिन्छ ।’

सालको विरुवा उत्पादन गर्न नसकिने बताउँदै उहाँले भन्नुभयो – सालको विरुवा मानिसले उमार्न सकिदैन यो प्रजातिको रुखबो विरुवा आफैं उम्रन्छ जसका लागि विरुवा उम्रने वातावरण हामीले तयार गरिदिने हो , जसका लागि वैज्ञानिक वन ब्यवस्थापनले सहयोग पुग्छ ।’सालको फूल झारेको सात दिन भित्रमा उपयुक्त वातारण पाए नयाँ विरुवा उत्पादन हुन्छ उहाँले भन्नुभयो – ‘त्यसका लागि हामीले वैज्ञानिक वन व्यवस्थापनको अवधारणा अनुसार काम अघि वढाउँन समूहलाई भनेका छौं ।’

सहायक वन अधिकृत राजन राईले झापाका चार वटा सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन शरु गरेको बताउनुभयो । यस अघि चन्द्रगढी कालिका र हातेमालो सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन अभियान शुरु गरेका छन् । झापाम रहेका ५९ सामुदायिक बन मध्ये पहिलो चराणमा चारवटा वनले वैज्ञानिक वन व्यवस्थापन शुरु गरेको उहाँको भनाई छ । झापामा १५ हजार ७ सय ९७ हेक्टर क्षेत्रफलमा सामुदायिक वन रहेको छ ।

हरियाली सामुदायिक वनले शुरु गरेको वैज्ञानिक वन व्यवस्थापन अन्तरगत पहिलो १० वर्षमा १८ हेक्टर क्षेत्रफलमा मात्रै यो कार्यक्रम लागू गरिने सामुदायिक वनका अध्यक्ष जगतकुमार राईले बताउनुभयो । उहाँका अनुसार ३ ढलापढा १० कुकाठ सहित ७१ वटा रुख सामुदायिक वनबाट निकालिँदैछ । १ सय ४९ हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक वन क्षेत्रभित्र सातसय उपभोक्ता प्रत्यक्ष लाभान्वित रहेको समूहकी सचिव कृष्णमाया चौधरीले बताउनुभयो ।

हरियाली सामुदायिक वनले यस अघि उपभोक्ताका लागि प्रत्येक वर्ष २२ यस क्युवीफूट काठ वितरण गर्दै आएको थियो भने वैज्ञानिक वन व्यवस्थापन शुरु भएपछि ४५ सय देखि ५ हजार क्वीफूट निकाल्न सक्ने समितिका उपाध्यक्ष खनालले बताउनुभयो । वैज्ञानिक वन व्यवस्थापनका क्रममा ढलेलो नियन्त्रणका लागि वन समूह भित्रै उपभोक्ता परिचालन गरेर पट्टी वनाइने बताइन्छ । पुराना रुखले कम कार्वन सञ्चित गर्ने र नयाँ विरुवाले वढी कार्वन सञ्चित गर्ने भएकाले वातावरणीय सुन्तुलनका लागि पनि वैज्ञानिक वन व्यवस्थापन अति आवश्यक रहेको मेची शव डिभिजनल कार्यालय धुलावारीका वन रक्षक नरेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

 

 

 

 

 

पुर्वाञ्चलबाट

मङ्ल, फाल्गुन २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...

कर नीतिको विरोधमा दमकमा प्रर्दशन

दमक,५ साउन । सरकारले ल्याएको कर सम्बन्धी नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम( vcts ) प्रणाणीमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनीहरुले सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई...