कक्षा ११ पढ्ने नेपाली विद्यार्थीले बनाए बलात्कारवाट जोगाउने यस्तो प्रबिधि !


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, मंसिर २, २०७५


  • काठमाडौं, २ मंसिर ।  महिला हिंसा र बलात्कारका घटना बढिरहेका बेलामा सेन्ट जेवियर्स कलेजमा कक्षा ११ मा पढ्ने अर्जुन विकले बलात्कारवाट जोगाउने मेशिन बनाएका छन् ।

    विज्ञान र प्रविधिमा रुचि राख्ने अर्जुनले बनाएको यो मेसिन हेर्नेहरुको भिड लागेको छ ।काठमाडौंमा चलिरहेको तेस्रो युवा वैज्ञानिक सम्मेलनमा राखेको सो मेसिन अहिले सबैको आकर्षण बनेको छ । अर्जुनले सो मेसिनलाई एन्टी रेप मेसिन राखेका छन् । सामान्य स्रोत साधनमा रहेर मेसिन बनाएको उनी बताउँछन्।

    उनले बनाएको एन्टी रेप मेसिन पेटीमा लगाउन सकिन्छ। त्यो पेटिले मानिसले पछ्याएको, छोएको र जबरजस्ती गर्न खोजेको सबै कुरा बताइदिन्छ । मेसिनमा सेन्सर, करेन्ट र एसएमएस सुविधा राखिएका कारण कसैले फलो गरे देखि नै म्यासेज दिन सुरु गर्छ ।

    फलो गरेको खण्डमा पनि यो मेसिनले जानकारी दिने प्रविधि उनले यसमा विकास गरेका छन्। जवर्जस्ती पेटी खोल्न खोजे करेन्ट लाग्ने र कसैले रवडको पन्जा लगाएर जवर्जस्ती गर्न खोजे म्यासेज जाने सम्मको प्रविधि आफुले विकास गरेको उनले बताए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology