सार्वजनिक भयो शिलु र किरणको ‘नशालु आँखा’ (भिडियो सहित)

  • प्रकाशित मिति : बिहिबार, मंसिर ६, २०७५



  • काठमाडौं, ६ मंसिर । गायिका शिलु पोखरेल र गायक किरण खातीको स्वर रहेको ‘नशालु आँखा’ बोलको ‘आरएनबि’ गीत बिमोचन गरिएको छ ।बिहिबार रिपोर्टर्स क्लब नेपालमा गायिका गायिकाद्धय पोखरेल र खातीले एक कार्यक्रमको आयोजना गरेर ‘नशालु आँखा’ को म्युजिक भिडियो बिमोचन गरेका हुन ।

    क्लबका अध्यक्ष ऋषि धमला, गायिका पोखरेल र गायक खातीलगायतले उक्त गीतको भिडियो संयुक्त रुपमा बिमोचन गरेका हुन ।
    पत्रकार धमलाले गायिका पोखरेल र गायक खातीको संयुक्त कोशेली ‘नशालु आँखा’ बोलको गीतले यूवा पुस्तालाई आकर्षित गर्ने विश्वास दिलाए ।

    उनले भने,‘गल्यामर गीतको चलन नभएपनि यूवापुस्ताहरुले मन पराउने गरेका छन्, यस्ता गीतहरु लुकेर हेर्ने पंक्तिहरु पनि छन्, गीतहरुले विकृति निम्त्याउनु भने हुँदैन, विभिन्न प्रकारका गीतहरुले बजार लिईरहेका छन्, शिलु र किरणको जोडी जम्नेछ, नेपाली संगीत पारखीहरुले रुचाउँनेछन् मेरो शुभकामना ।’

    त्यस्तै गीतकी गायिका तथा हट मोडल शिलु पोखरेलले वर्तमान पुस्ता परिवर्तनको पक्षमा केन्द्रीत भएको दाबी गरेकी छिन् ।उनले भनिन्,‘यो गीतको म्युजिक भिडियो पहिलोपटक निर्देशन गरेका छौं, किरण र मैले संयुक्त रुपमा यो गीतलाई अलि कामुक तरिकाले निर्देशन गरेका छौं, आशा छ, यसलाई पनि समाजले सकारात्मक रुपमा लिनेछ, गीतका हिसाबमा यो गीत दोस्रो गीत हो, पहिलो ‘के होला माया’ बोलको गीत बजारमा छ, आउने दिनहरुमा पनि यसभन्दा ग्ल्यामर खालका गीतहरु निर्माण गर्ने सोचिरहेकी छु ।’

    गायिका पोखरेलको शब्द तथा वृजेश श्रेष्ठको संगीत रहेको उक्त गीतको म्युजिक भिडियोको कोरियोग्राफी काजी पारसले गरेका छन् । शिलु र किरणको कामुक अभिनय रहेको गीतमा र्यापर सरकार जाओस, त्यस्तै कलाकारहरु रविना श्रेष्ठ, गान्दिप मल्ल, पविता आचार्य, रोजिना श्रेष्ठ, अनुषा श्रेष्ठ, अदिती जोशी, रसिला राई, अजय भट्टराईलगायतको अभिनय देख्न सकिन्छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology