काठमाडौ। अन्तरदेशीय प्रेमकथामा आधारित चलचित्र प्रेमलिलाको पहिलो हिन्दी भर्सनको गित सार्वजनिक भएको छ । नायिका दिपशिखा खडका र भारतीय मोडल अलि खानको मुख्य भुमिका रहेको सो फ्लिम “प्रेमलिला” को गित “जाने क्यु हुवा ए” सार्वजनिक गरिएको हो ।

सार्वजनिक गितको भिडियोमा दिपशिखा खडका, र अलि फिचर्ड छन भने पवन गौतमको छांयाकन चन्दन दत्त र सालिक दुलालको सम्पादन रामजी लामिछानेको कोरीयोग्राफी रहेको छ । डाक्टर सागरको शब्द रहेको रवि राज शाहको संगित र सो गित राजा हसन र सौमी शैलेशको स्वर रहेको छ । सो गित सार्वजनिक हुन अघि चलचित्रको पहिलो पोस्टर सार्वजनिक भइसकेको छ ।

सुनिल मानन्धरले वितरण गर्न लागेको चलचित्र “प्रेमलिला” माघ २५ बाट देशभरको हलमा रिलिज हुने सो चलचित्रमा दिपशिखा र अलि सङ्गै मौसम खडका, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्विकंल श्रीवास्तव लगायतका कलाकारहरुको अभिनय रहेको छ । नायिका दिपशिखा खडका कै कथा लेखम रहेको चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन ।