लगातार पाँचौं पटकको बलिहाङ कप विजेता केवाईसी स्तब्ध, हाईफा टाईगरको शानदार उपाधिमा कब्जा ।

अत्यन्त रोमान्चक भएको फाइनल खेलको अन्तिम समयहरुमा ४-० को जित निकालेर राइजिंग स्टारको सपना अधुरो पार्दै वलिहाङ कपको छैटौं संस्करण वलिहाङ कप – ५०८२ को उपाधी हाईफा टाईगरले जित्न सफल भएको थियो ।


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, अशोज २४, २०७९


  • इजरायल | लगातार पाँचौं पटकको बलिहाङ कप विजेता केवाईसीटिमलाई पाखा लगाउदै फाइनल पुगेको राइजिंग स्टार हराउदै पहिलो पल्ट छैठौ संस्करण वलिहाङ कप – ५०८२ को उपाधी हाईफा टाईगरले उचालेको छ ।

    किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा हरेक बर्ष आयोजना हुने वलिहाङ कपको छैटौं संस्करण वलिहाङ कप – ५०८२ को आयोजना  अक्टोबर ०७ तारिख , २०२२ शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा आयोजक टिम केवाईसी, राइजिंग स्टार, दार्जिलिंग भेट्रान, हाइफा टाइगर, सेवेन स्टार हाइफा र दार्जीलिंग युनाइटेड सहित ६ टिमको सहभागिता रहेको थियो ।

    प्रतियोगिताको पोल ए मा रहेको आयोजक केवाईसीलाई टाइब्रेकरमा र दार्जिलिंग भेट्रानलाई सेमिफाइनलमा सहज जित निकालेर राइजिंग स्टारले फाइनलका लागी बाटो तय गरेको थियो भने पोल बि मा रहेको हाइफा टाइगरले सेवेन स्टार हाइफा र दार्जीलिंग युनाइटेड  माथी हावी हुदै फाइनल सुनिचित गरेको थियो ।

    अत्यन्त रोमान्चक भएको फाइनल खेलको अन्तिम समयहरुमा ४-० को जित निकालेर राइजिंग स्टारको सपना अधुरो पार्दै वलिहाङ कपको छैटौं संस्करण वलिहाङ कप – ५०८२ को उपाधी हाईफा टाईगरले जित्न सफल भएको थियो । जित संगै विजेता र उपविजेता टिमले क्रमस नगद ८ हजार, ४ हजार सेकल ट्रफी, सिल्ड प्राप्त गरेका थिए ।

    प्रतियोगितामा हरेक खेलका म्यान अफद म्याच क्रमस निमा वान्ग्दी लेप्चा (राइजिंग स्टार), सुन्दर नेपाल (हाईफा टाईगर), दुर्गा लिम्बु (राइजिंग स्टार), प्रमोद लिम्बु (हाईफा टाईगर), सतिस लिम्बु (हाईफा टाईगर) ले प्राप्त गरेका थिए भने प्रतियोगिताको वेस्ट किपर सागर लिम्बु (हाईफा टाईगर), वेस्ट डिफेन्स प्रमोद लिम्बु (हाईफा टाईगर), धेरै स्कोर सुन्दर नेपाल (हाईफा टाईगर), वेस्ट प्लयेर अफ द टुडामेन्ट प्रताप लिम्बु (राइजिंग स्टार) ले पाउन सफल भएका थिए ।

    यस पटकको उपाधी दावेदारका रुपमा प्रमुख तिन टिम हाईफा टाईगर, राइजिंग स्टार र लगातार ५ पटक विजेता बनेको केवाईसीलाई हेर्ने गरिन्थ्यो । साबिक विजेतालाई नै पहिलो खेलमै आउट गराएको राइजिंग स्टारले अन्तत पछिलो समय स्टार खेलाडीहरु भनिएको हाईफा टाईगरको सामना थेग्न गाह्रो पर्यो अन्तत पहिलो पल्ट सहभागी भएको टाईगरले उपाधी जित निकालेर इतिहास रच्न सफल भयो ।

    बलिहाङ कपमा नया रेकर्ड ।

    लगातार पाँचौं पटकको बलिहाङ कप विजेता केवाईसीमा रहेर उपाधी जिताउन सफल भएका प्रविन लिम्बु छैठौ संस्करणबाट हाईफा टाईगर टिममा गएका थिए जुन टिमले छैठौ कप जित निकालेसंगै लगातार ६ उपाधि जित्ने पहिलो खेलाडीको रुपमा नया रेकर्ड कायम गराएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology