पिनास रोगको परीक्षण र उपचार 

हरेक स्वस्थ मानिसलाई ६ महिनामा या १ वर्षमा एकपटक रुघामार्गी लाग्नु राम्रो हो । यसले नाक छेउछाउमा रहेका साइनस(हड्डीमा रहेका गहिरा भाग ) लाई सफा गर्ने काम पनि गर्छ । तर यदि सफा हुन नसकेर अरु फोहोर जम्मा भएमा र बाहिर निस्कन नसकेमा ति साइनसहरुमा संक्रमण हुन पुग्छ र टाउको दुख्ने, नाक बन्द हुने, गनाउने सिंगान वग्ने या पानी जस्तो पातलो पदार्थ, पानी बग्ने, हाँच्छिउ आइरहने हुन सक्छ । विस्तारै वासना थाहा हुन छाडने, कान पाक्न थाल्ने या घाटी दुख्ने जस्ता लक्षणहरु पनि देखा पर्न सक्ने हुदा समयमै सचेत हुनु जरुरी देखिन्छ ।


डा. लेखनाथ नेउपाने
  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १४, २०७७


  • निधारको वरिपरी, आँखा माथिका डिल, नाक र अनुहारको केही भाग विशेष गरेर दिउँसो दुख्ने, नाक बन्द हुने, पहेलो बाक्लो यो गनाउने स्राव नाकबाट बग्ने जस्ता लक्षण देखिएमा टाउको दुखाइको कारण पिनास हुनसक्छ । घामको प्रकाश छिप्पिदै जाँदा दुखाई वढ्ने र दिउसोको पाख वित्नै लाग्दा दुखाई क्रमशः घटदै जाने पिनास एक प्रकारको पीडादायी समस्या हो । विशेष गरेर युवायुवती अवस्थादेखि नै देखापर्ने यो समस्याका बारेमा राम्रोसँग बुझेर उपचार गराएमा सधैका लागि निको हुन्छ ।
    हरेक स्वस्थ मानिसलाई ६ महिनामा या १ वर्षमा एकपटक रुघामार्गी लाग्नु राम्रो हो । यसले नाक छेउछाउमा रहेका साइनस(हड्डीमा रहेका गहिरा भाग ) लाई सफा गर्ने काम पनि गर्छ । तर यदि सफा हुन नसकेर अरु फोहोर जम्मा भएमा र बाहिर निस्कन नसकेमा ति साइनसहरुमा संक्रमण हुन पुग्छ र टाउको दुख्ने, नाक बन्द हुने, गनाउने सिंगान वग्ने या पानी जस्तो पातलो पदार्थ, पानी बग्ने, हाँच्छिउ आइरहने हुन सक्छ । विस्तारै वासना थाहा हुन छाडने, कान पाक्न थाल्ने या घाटी दुख्ने जस्ता लक्षणहरु पनि देखा पर्न सक्ने हुदा समयमै सचेत हुनु जरुरी देखिन्छ ।

    पिनासका कारणहरु 

    हाम्रो अनुहार र टाउकाको बनावट विशेष प्रकारका हड्डीहरुको समूहले बनेको हुन्छ । टउको र अनुहारलाई हलुका बनाउन हड्डीमा केही गहिरो भाग रहेको हुन्छ जहाँ हावा ओहोरदोहोर गरिरहेको हुन्छ । यस्ता विशेष प्रकारका हड्डीका गहिरा भागलाई साइनस भनिन्छ । यस्ता साइनसहरु निधार, गाला र नाकको तलमाथि रहेका हुन्छन् । जस्तै फ्रन्टल साइनस, प्यारा नेजल साइनस, इथमोइड साइनस आदि । यी साइनस मध्ये फ्रन्टल साइनस ठिक नाकको फेदमा रहेको हुन्छ ।

     

    हामीले श्वासप्रस्वास गर्दा या नाकबाट सुघ्ने काम गर्दा सिधा यही साइनसमा पनि पुग्ने गर्छ । यसरी नै प्यारा नेजल साइनसमा पनि यहि प्रक्रिया हुने हुदा यदि रुघामर्की या धुलो धुवा या कुनै पनि वाहिरी वस्तुको प्रवेश श्वासप्रश्वाससँगै यी ठाउँहरुमा पुग्ने हुदा संक्रमण हुने सम्भावना धेरै हुन्छ । यदि रुघामार्की लाग्दा सहि उपचार हुन सकेन, रुघा निक्कै दिनसम्म लागिरह्यो या रुघालाई बग्न नदिई सुकाउने काम भयो भने पिनास हुने जोखिम वढेर जान्छ ।
    पिनासको अवस्था भनेको माथि उल्लेख गरिएका साइनसहरुमा फेहोर या अन्य वस्तुहरु जम्मा भएर साइनस सुन्निन पुग्छ । यो अवस्थामा निधार र नाकको फेदमा धेरै दुख्ने गर्छ जसलाई साइनुसाइटिस अथवा पिनास भनिन्छ । पिनासको दुखाई घामको झुल्कोसँगै देखापर्ने र दोपहरबाट क्रमश घटेर जाने गर्छ । तर, सबैजनामा भने माथिको लक्षण देखा नपर्न सक्छ । त्यसैले केहि परीक्षणहरुको पनि आवश्यकता पर्नसक्छ ।

    परीक्षण र उपचार 

    पिनास हो या अन्य कारणबाट टाउको दुखेको हो भन्ने थाहा पाउन विरामीको लक्षण र एउटा पीएनएस एक्सरे को आवश्यकता पर्छ । यदि यति बाट पनि पत्ता नलागेमा सिटी स्क्यान गर्नृ पर्ने हुनसक्छ । बिरामीको नाकको भित्री भागको निरीक्षण साइनस भएका ठाउँमा हातका औलाले थिचेर दुखेको या नदुखेको, माथि भनिएका लक्षणहरुको अध्ययन आदिका आधारमा औषधी दिइन्छ । यदि विरामीलाई सञ्चो नभएमा अन्य जाँचहरुको पनि आवश्यकता पर्छ । भनिन्छ ‘रोगको या रोगीको उपचार गर्नु भन्दा रोग लाग्नबाट बच्नु राम्रो होʼ तर सबै ठाउँ र अवस्थामा रोग लाग्नबाट बच्न सकिन्दैन् । त्यसैले रोग लागीहालेमा निम्न अनुसार उपचार र पिनास हुनबाट बच्ने काम गर्नु पर्छ । सर्वप्रथम त गर्मीका बेलामा या धापिएर आएका बेलामा चिसो पानी पिउनु हुदैन ।

    रुघा लागि हालेमा सकेसम्म रुघा रोक्ने गोली खानु हुदैन् । यस्ता गोलीले सिगाँन सुकाएर नाक बन्द गराउने या पिनास जन्माउने सम्भावना वढाउछ । सकेसम्म सिगान बग्न दिनुपर्छ । हाच्छिउ आउन दिनुपर्छ । साथमा सम्भव भएसम्म सुप पिउने या तातो पानीको वाफ लिनु राम्रो हो । घरमै बनाउन सकिने घरायसी औषधी या शुद्ध बेसारपानी उत्तम हुन्छ । घाँटी दुख्ने भएमा या अन्य लक्षण भएमा मनतातो दुधमा शुद्ध बेसर घोलेर सेवन गर्नु राम्रो हे । यदि माथीका उपचारबाट व्यथा सञ्चो नभएमा चिकित्सकको सल्लाह बमोजिम औषधीको सेवन गर्नुपर्छ । यदि पिनास लामो समयदेखि निको हुन सकेको छैन भने आर्युवेदिक या होमियाप्याथिक औषधीको सेवनबाट निको हुन सकिन्छ ।

     (लेखक- होमियोप्याथिक चिकित्सक हुन् )

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology