रक्तदान, अङ्गदान र शरीरदान किन गर्ने ?

मानिसको शरीरमा यस्ता अङ्ग छन् जो अर्को मानिसलाई पनि दान गर्न सकिन्छ । जस्तै मृगौला, आँखा, कलेजोको केही भाग, छाला, फोक्सो आदि जीवन हुँदै दान गर्दा पनि समान्य जीवन यापन गर्न सकिन्छ । र सामान्य जीवनमा यसले कुनै ठूलो प्रभाव पर्दैन । यसरी नै यी अङ्ग मृत्युपछिको निश्चित समयसम्म पनि सहजै दान गर्न सकिन्छ । अङ्गदान गर्दा कुनै नोक्सानी नहुनु र शरीर आखिर ढडाउनु पर्ने या गाढ्नु पर्ने हुँदा मृत्य अघि नै दान गरियो भने अरुको जीवन बच्छ । यो जति ठूलो दान अरु के हुनसक्छ र ? त्यसैले अरु केहि नभए पनि अङ्गदन र रक्तदान गरौं र मानवताको परिचय दिउँ अनि अरुलाई पनि यस्तो पुण्य कार्यमा लाग्न प्रेरित गरौं ।

-डा.लेखनाथ न्यौपाने
  • प्रकाशित मिति : मङ्लबार, माघ १३, २०७७

  • मानिस सृष्टिको सबैभन्दा राम्रो रचना हो । मानिससँग भएको दिमागको उपयोगले आज संसार कहाँबाट कहाँ पुगिसक्यो हामीले देखिरहेका छौ । मानिसको स्वभावले नै सामाजिक प्राणी हो । ऊ समाजमा रहेर केही गर्न अनि सहयोगी भावनामा रमाउँन चाहन्छ । एकले अर्काको सहयोग र सदभाव कायम गर्नु नै उसको परिचय हो । हो, यही परिचयभित्र पर्छ रक्तदान, अङ्गदान र शरीरदान पनि ।
    हामी कसैको अभरलाई पैसा या अन्न आदि दिएर सहयोग गछौ । त्यसरी नै शरीर विरामी भएका बेलामा औषधीमूलोको आवश्यकता पर्छ । कुनै कुनै विरामीलाई रगत दिइरहनु पर्ने या अङ्ग नै बिग्रएमा फेर्नु पर्ने हुन्छ । आजको विज्ञानले मानिसको अङ्ग अर्को मानिसको शरीरमा प्रत्यारोपण गर्नसक्ने भएको छ । सर्वप्रथम त हामीले यो वुझनु जरुरी छ कि हाम्रो शरीरमा रहेको रगतको अधिकतम आयु मात्रै १२० दिन हुन्छ । यो भन्दा वढी दिन नरहने र मर्छ । यसको ठाउँमा नयाँ रगतको जन्म या निर्माण हुने हुँदा हरेक दिन हाम्रो शरीरबाट लाखौ रक्तकोषहरु मरिरहेका हुन्छन् र त्यतिकै संख्यामा जन्मिरहेका हुन्छन् । हो, रक्तदान गर्दा पनि तिनै कोषहरुको समुह दान गरिने हो केहि समयपछि मर्छन र अरु जन्मिरहन्छन् । रक्तदानले शरीरलाई केहि पनि असर गर्दैन बरु रक्तदानबाट बोनम्यारो झनै सक्रिय हुन्छ र अझ राम्रो रगतको जन्म हुन्छ । मात्र केहि दिन थोरै वढी झोल खानेकुरा खानु पर्ने बाहेक अरु केहि असहज हुँदैन । त्यसैले पनि रक्तदान गर्नु सबैभन्दा सहज र परोपकारी कार्य हो । रक्तदान गर्नाले तपाइको रगत कुनै ज्यान जोखिममा परेकाले लिने हुँदा उसको जीवन बच्छ । यो सामान्य कार्यबाट कत्रो ठूलो उपकार भयो त ? हामी आफै महशुस गर्न सक्छौ । तपाइको सानो सहयोगले कसैले जीवन बच्छ र जीवन सहज हुन्छ भन्ने कुरा सुन्न पाउँदा तपाईमा कति धेरै खुसी र आनन्द आउँछ, आफै कल्पना गर्नुहोस ।

    रक्तदानबाट तपाईको शरीरमा अप्रत्यक्ष रुपमा फाइदा पनि भइरहेको हुन्छ । एक त तपाई आफु खुसी र सन्तुष्ट भएको महशुस गर्नुहुन्छ । यसले तपाईमा भएका सानातिना रोग निको हुन्छन् । एलर्जी जन्य रोग भए कम हुन्छन् । शरीर पूmर्तिलो हुन्छ । सामाजिक काममा मन लाग्छ । सहयोगी भावना वढेर जान्छ । महिलाहरुमा मासिकश्रावमा हुने पेट दुखाइमा कमी आउँछ । खान रुच्छ । राम्रो निद्रा आउँछ । तनाव कम हुने लगायता अन्य धेरै फाईदा रक्तदानबाट उठाउन सकिन्छ ।

    हामी कसैको अभरलाई पैसा या अन्न आदि दिएर सहयोग गछौ । त्यसरी नै शरीर विरामी भएका बेलामा औषधीमूलोको आवश्यकता पर्छ । कुनै कुनै विरामीलाई रगत दिइरहनु पर्ने या अङ्ग नै बिग्रएमा फेर्नु पर्ने हुन्छ । आजको विज्ञानले मानिसको अङ्ग अर्को मानिसको शरीरमा प्रत्यारोपण गर्नसक्ने भएको छ । सर्वप्रथम त हामीले यो वुझनु जरुरी छ कि हाम्रो शरीरमा रहेको रगतको अधिकतम आयु मात्रै १२० दिन हुन्छ । यो भन्दा वढी दिन नरहने र मर्छ । यसको ठाउँमा नयाँ रगतको जन्म या निर्माण हुने हुँदा हरेक दिन हाम्रो शरीरबाट लाखौ रक्तकोषहरु मरिरहेका हुन्छन् र त्यतिकै संख्यामा जन्मिरहेका हुन्छन् । हो, रक्तदान गर्दा पनि तिनै कोषहरुको समुह दान गरिने हो केहि समयपछि मर्छन र अरु जन्मिरहन्छन् । रक्तदानले शरीरलाई केहि पनि असर गर्दैन बरु रक्तदानबाट बोनम्यारो झनै सक्रिय हुन्छ र अझ राम्रो रगतको जन्म हुन्छ । मात्र केहि दिन थोरै वढी झोल खानेकुरा खानु पर्ने बाहेक अरु केहि असहज हुँदैन । त्यसैले पनि रक्तदान गर्नु सबैभन्दा सहज र परोपकारी कार्य हो । रक्तदान गर्नाले तपाइको रगत कुनै ज्यान जोखिममा परेकाले लिने हुँदा उसको जीवन बच्छ । यो सामान्य कार्यबाट कत्रो ठूलो उपकार भयो त ? हामी आफै महशुस गर्न सक्छौ । तपाइको सानो सहयोगले कसैले जीवन बच्छ र जीवन सहज हुन्छ भन्ने कुरा सुन्न पाउँदा तपाईमा कति धेरै खुसी र आनन्द आउँछ, आफै कल्पना गर्नुहोस ।

    ……………………………………………………………………………………………………………………………………………………………………………………………….

    यसरी नै कस्ता कस्ता मानिसले रक्तदान गर्न सकिन्छ भन्ने प्रश्नमा यस्तो छ पछिल्लो अध्ययन । १६ वर्ष नाघेका र ७० वर्ष नकाटेका जो कसैले पनि रक्तदान गर्न सकिन्छ । शरीरको वजन सामान्य भन्दा कम भएका, रक्तचाप धेरै कम भएका र विरामी बाहेकले रगत दिन मिल्छ । उच्च रक्तचाप र मधुमेह या थाइराइड रोगी भए पनि यदि सबै सामान्य अवस्थामा भए दिन सकिन्छ । अझ उच्च रक्तचाप हुन खोजेको अवस्थामा हुनेहरुले हरेक ९० दिनको अन्तरमा रक्तदान गर्दा, सोही अनुसारको व्यायम र परहेज गरेमा रक्तचाप नियन्त्रणमा रहन पनि सक्छ । रगतमा संक्रमण भएका मानिसले भने रक्तदान गर्नु हुदैन । जस्तै एचआइभी, यौनरोग, हेपाटाइटिस बी या सी भएका या अन्य केहि रोगीले रगतमा संक्रमण देखापरुन्जेल दियो भने रगत लिने मानिसलाई पनि सर्ने हँुदा दिनु हुदैन । रगत विभिन्न रक्त समुहको हुन्छ । जसलाई ब्लड ग्रुप भनिन्छ । जुनसुकै रक्त समुह भएकाले पनि रक्तदान गर्न सकिन्छ । अझ कमै मात्र मानिसमा हुने रक्त समुहको रक्तदान जस्तै ओ ग्रुप या कुनै पनि नेगेटिभ ग्रुप भएकाले त रक्तदान गर्दा झनै महत्वपूर्ण हुन्छ । रक्तदान गर्न मात्र उच्च मनोवलको आवश्यकता पर्छ ।

    यसरी नै अङ्गदान अर्को महत्वपूर्ण दान हो । मानिसको शरीरमा यस्ता अङ्ग छन् जो अर्को मानिसलाई पनि दान गर्न सकिन्छ । जस्तै मृगौला, आँखा, कलेजोको केही भाग, छाला, फोक्सो आदि जीवन हुँदै दान गर्दा पनि समान्य जीवन यापन गर्न सकिन्छ । र सामान्य जीवनमा यसले कुनै ठूलो प्रभाव पर्दैन । यसरी नै यी अङ्ग मृत्युपछिको निश्चित समयसम्म पनि सहजै दान गर्न सकिन्छ । अङ्गदान गर्दा कुनै नोक्सानी नहुनु र शरीर आखिर ढडाउनु पर्ने या गाढ्नु पर्ने हुँदा मृत्य अघि नै दान गरियो भने अरुको जीवन बच्छ । यो जति ठूलो दान अरु के हुनसक्छ र ? त्यसैले अरु केहि नभए पनि अङ्गदन र रक्तदान गरौं र मानवताको परिचय दिउँ अनि अरुलाई पनि यस्तो पुण्य कार्यमा लाग्न प्रेरित गरौं । यसरी नै शरीरदान भनेको मृत्यु पश्चात आप्mनो शरीर जलाउने या गाड्ने नभई डाक्टर बन्नेहरुका लागि सिक्न र मानिसको शरीरको संरचनाका बारेमा थप अध्ययन अनुसन्धानमा उपयोगी हुन्छ । यो पनि अप्रत्यक्ष दान मानिन्छ । त्यसैले यदि हामी आर्थिक सहयोग या दान गर्न सक्दैनौं भने पनि शरीरमा रहेका माथि भनिएका वस्तुको दान गरेर पनि पुण्य कमाउन र आफु खुसी र स्वस्थ रहन सकिन्छ ।
    (लेखक :रीता होमियो क्लिनिक दमकका सञ्चालक पनि हुन् । )

    यसमा तपाइको मत

    सम्बन्धित समाचार

    भर्खरै

    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com

    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology