काठमाडौं । प्रविन श्रेष्ठको निर्देशनमा लेजबियनको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ। अञ्जु पन्तको स्वरमा गीतका दर्पण यात्रीको शब्द छ भने जीतेन तामाङ लामाको संगीत रहेको छ।
‘मैले भुल्न’ बोलको गीतको भिडियोमा नायिका द्वय रीमा विश्वकर्मा र बेनिशा हमाललाई लेजबियन जोडीको रुपमा प्रस्तुत गरिएको छ।
भिडियोमा लेजबियन बनेका यी दुई नायिकाको इन्टिमेट सिन समेत समावेश गरिएको छ। उत्तम हुमागाईले छयांकन गरेको भिडियोको सम्पादन प्रविन श्रेष्ठले गरेका हुन्। भिडियो मोक्क्ष प्रोडक्सनको प्रस्तुतीमा हेलो नेपाल इन्टरटेनमेन्टले निर्माण गरेको हो।