इजरायलमा छैटौं संस्करण वलिहाङ कप आयोजना हुने, १६ सेप्टेम्बर शुक्रबार पत्रकार सम्मेलन

यस पटक लगातार छैटौं उपाधि हात पार्ने दाउमा रहेको KYC FC का लागी कडा प्रतिस्पर्धीका रुपमा हाइफा टाइगर रहेको


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७९


  • इजरायल | किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा हरेक बर्ष आयोजना हुने वलिहाङ कपको छैटौं संस्करण वलिहाङ कप – ५०८२ यस पटक पनि आयोजना हुने भएको छ ।

    आउदो अक्टोबर ०७ तारिख , २०२२ शुक्रबार हुने प्रतियोगिताको तयारी आयोजक किरात याक्थुङ चुम्लुङ इजरायलले तिब्र पारेको छ । आयोजकका अनुशार इजरायलमा स्थापित नेपाली फुटबल क्लबहरुलाई सहभागिताका लागी आधिकारिक पत्र पठाइसकेको जानकारी गराएको छ ।

    चुम्लुङले वलिहाङ कप -५०८२ को सम्पुर्ण जानकारीका लागि यहि १६ सेप्टेम्बर २०२२ शुक्रबार सांझ पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे सम्पूर्ण जानकारी दिने बताएको छ | यस्तै आयोजकका अनुशार सम्पुर्ण क्लब, मेनेजर, कोच, खेलाडी लगायत फुटबल खेलप्रेमी सबै सबैमा जानकारी सहित सहभागी क्लबहरुले पत्रकार सम्मेलनका लागी उक्त दिन ७+४ एघार खेलाडीहरुको नामावली कोच/मेनेजर र सहभागिता शुल्क १५०० सेकल सहित क्लब दर्ता गर्न गराउन अनुरोध गरेको छ ।

    अघिल्ला सबै संस्करण वलिहाङ कपको विजेता लगातार आयोजक किरात याक्थुङ चुम्लुङ इजरायलको KYC FC रहेको छ भने पाचौ संस्करणको उपविजेता राईजिङ स्टार रहेको थियो | यस पटक लगातार छैटौं उपाधि हात पार्ने दाउमा रहेको KYC FC का लागी कडा प्रतिस्पर्धीका रुपमा हाइफा टाइगर रहेको सामाजिक सञ्जालहरुमा खेलप्रेमीहरुले बताउने गरेका छन् ।

    झन्डै ६/७ बर्षबाट इजरायलमा शुरुवात भएको नेपालीहरु बिचको व्यवसायिक फुटवल प्रतियोगिता तथा यहाँ स्थापना भएका सबै फुटवल क्लबहरुको स्तर उन्नति भएको देखिन्छ भने यस पटकको छैटौं संस्करण वलिहाङ कपको उपाधी कसले उचाल्छ त्यो भने यहाँ रहेका नेपाली फुटवलप्रेमीहरुको जनचासोको बिषय रहेको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology