नगेन्द्र मणी न्यौपाने, दमक
झापाको दमक, गौरादह नगरपालिका र कमल गाँउपालिकामा निर्माणहुने भनिएको दमक औद्योगिक क्लिन पार्क निर्माणमा लागि सरकारले विस्तृत प्रतिबेदन –डिपीआर)को तयारीकालागि बाटो खोलिदिएको छ ।
करिब ६४ करोड बजेट स्वृत भएपछि अहिले दमक १० स्थित प्रस्तावित औद्योगिक क्षेत्रको सेतुमारीमा बसोवास गर्दैै आएका सर्वसाधारणलाई पिडा थपिएको छ । ऐलानी प्रति जग्गामा बर्सौ देखि बसोवासगर्दै आएका यस क्षेत्रका सर्वसाधारणहरुले सरकारले तोकेको मुआब्जा नपाउने पक्का पक्कि जस्तै भएपछि यहाँको करिब १ सय विगाहा ऐलानी प्रति जग्गामा बसोवास गर्र्दै आएका करिब १ सय घर धुरीको विचल्ली हुने भएको हो । साविक दमक १९ हाल दमक १० सेतुमारी स्थित सरमाथा टोल विकाश संस्था अन्र्तगतका ४८ घर धुरी र पारीजात टोलविकाश संस्थाका केहि घर धुरी ऐलानी प्रति जग्गामा वर्षौ देखि बसोवास गरि भोगचलन गर्दै आइरहेका भएपनि सो क्षेत्रमा अहिले प्रस्तावित औद्योगिक क्षेत्र भित्र पर्ने भनिएपछि उनिहरुको बिचल्ली हुने भएको छ ।

स्थानीय रमेश खत्रीले भने हामीले यो ठाँउमा वासोवास गरेको वर्षौ भोइसक्यो, स्थाई संरचना निर्माण गरेर स्थायी रुपमा बसोवास गरिरहेका छौ । तर अहिले यो क्षेत्रपनि उद्योगले हडप्ने कुरा बाहिर आएको प्रति खत्रिले आपत्ति जनाए । उन भने शुरुदेखिनै हामिलाई मानव बस्तिलाई असर नपर्नेगरि उद्योग स्थानपन गर्ने रमासामुदायिक बनले चर्चेको धिमालहरुको माहाराजथान भित्र पर्ने जमिनलाई कुनै पनि असर नपर्ने गरि भनिएको थियो तर अहिले हामी माथि अन्याय गरिन खोजिदै छ खत्रिले भने ।

पछिल्लो पटक सम्पन्न निर्वाचन ताकापनि दलहरुले यो क्षेत्रमा बसोवास गर्ने हरुकानाममा जग्गा धनिपुर्जा दिने आवश्वसन देखाए, पटक पटक आयोगपनि बन्यो हामीलाई सुकुम्बासीको परिचय पत्रपनि दियो तर अहिले सम्मपनि आफुले चर्चिएको जग्गाको धनिपुर्जा पाउन सकेका छैनौ । खत्रीले भने हाम्रो पहिलो सर्तभनेको हामिले उपभोग गरिरहेको जग्गाको हामिलाई धनिपुर्जा दिईयोस अनि त्यस पछि के गर्ने भन्ने विकल्प सोचौला । तर यहि अवस्थामा हामी कुनै पनि अर्थ र सर्तमा यो स्थान छोडन तयार छैनौ बरु मर्न तयार छौ ।
सरकार संग हाम्रो पहिलो सर्त जग्गा धनिपुर्जा पाउ भन्ने हो
सो क्षेत्रमा २०३८ सालदेखि १ विगाहा १ कठठा ऐलानी जग्गा भोगचलन गर्र्दै आउनु भएकी ७८ वर्षीया तेलाई धिमाल पनि औद्योगले विस्थापित गराउने हो की भन्ने ठुलो पिडामा छिन । आफुले उस बेलादेखि साहु माहजनको खेती कमाई गर्दै बाँझो काँशघारी जमिन उत्खननगरि खेती योग्य बनाएको तेलाईले बताईन । सोहि जग्गामा स्थाई संरचना निर्माण गरेर बसोवास गर्दै आएकी बृद्ध तेलाई धिमाललाई पनि अहिले जनप्रतिनिधिहरुले ढाटेका हुनकी भन्ने भान हुन थालेको छ । तेलाई धिमाललाई स्थानीय सरकारका जनप्रतिनिधिहरुले तपाईहरुले विस्थापित हुनु पर्दैन भनेका रहेछन । उन थपिन यदि त्यस्तो हुदो हो किन बाटो निर्माण गरिन्थ्यो अनि विधुत लगायतका पूर्वको किन विस्तार गरियो त पनि भनेको झलझलि याद रहेछ । तेहि भरमा परेर फेरि पनि उनले लाखौ रुपैया खर्चगरे अर्को छारोलाई पनि पक्कि घर बनाई दिएको रहेछ । डाँडा माथिको घामजस्तै जिवनको उत्ताधमा आईपुगेकी तेलाई धिमाललाई पनि आफु मर्नु अघिनै आफूले दशकौ देखि चर्चिएको जमिनको जग्गाधनि बनेर लालपुर्जा हेरेर मात्र मर्न मन छ ।

आदिवासी धिमाल समुदायको बसोवास धेरै
यसक्षेत्रमा आदिवासी धिमाल समुदायको बसोवास उच्च रहेको सगरमाथा टोल विकाश संस्थाकी अध्यक्ष बविता धिमाले बताईन । आफनो टोलविकाशमा धिमाल समुदायको बसोवास करिब ८० प्रतिशत रहेको बविताले बताईन । यहाँका धिमाल समुदायको प्रति परिवार १ कठ्ठा देखि डेढ विगाहा सम्म ऐलानी प्रति जग्गा रहेको छ ।
बषौ देखि रतुवा खोलाको किनारको ऐलानी प्रति जग्गा भोगचलन गर्दै आएका याहाका सुकुम्बासीहरुलाई धेरै पटक राजनीतिक दलहरुले पनि पुर्जा दिने भन्दै भोट लिने गरेका भएपनि समस्या अहिले झनै जटिल बन्दै गएको अध्यक्ष बविताले बताई । उनले भनिन हामीलाई यो उद्योग स्थापनाको हुने या नहुने भन्ने सवै विषय थाहा पनि छैन र यहाका औद्योगि क्षेत्र प्रभावित क्षेत्रका स्थानीयहरु संग अहिले सम्म पनि कसैले सरोकार नराखेको पनि उनले बताई ।
बविताले भनिन हाम्रो माग एउटै मात्र छ त्यो हो पहिला हामिले चर्चिएको जमिनको लालपुर्जा पाउनु परर्यो । यो टोल विकाश संस्थाका सबै घर धुरी ऐलानी प्रति जग्गामा बसोबास गर्दै आईरहेका छन ।