अब ९ महिनामा धरहरा निर्माण सकिने

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहरा सरकारले बाहिरबाट हेर्दा पुरानै डिजाइनमा तर भित्र सुविधासम्पन्न हुनेगरी बनाउन लागेको हो ।


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, भदौ २९, २०७६


  • काठमाण्डौ । २०७२ सालको भूकम्पले भत्काएका धेरै संरचनामध्ये एउटा यस्तो संरचना, जसले धेरैको ध्यान तान्यो । हो, काठमाण्डौमा रहेको धरहरा सबैको प्यारो थियो । भूकम्पले भत्काएपछि पुनः निर्माणका लागि सबैभन्दा धेरै दबाब यही धरहराका लागि सृजना भयो ।

    तर धरहरा पुनः निर्माणसम्बन्धमा लामो समय विवाद भयो । एक निजी निर्माण कम्पनीलाई जिम्मा दिएपछि भने तिब्र गतिमा काम भइरहेको छ । २०७२ सालको भूकम्पले क्षतिपराएको धराहरा पुननिर्माणको काम अहिले सम्म २३ प्रतिशत सम्पन्न भएको छ ।

    राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जीआईईटिसी–रमण जेभीलाई धरहरा पुननिर्माणको जिम्मा दिएसगै कामले तिव्रता पाएको हो । कम्पनीले ३ अर्ब ४५ करोडमा धरहरा निर्माणको जिम्मा पाएको थियो । धरहराको चारैतर्फ घेराबन्दी गरेर धमाधम काम भइरहेको छ ।

    करिब ३ सय जना कामदार धरहरामा खटिएका छन् । दुई वर्षमा सक्ने लक्ष्य राखिएको काम अहिलेसम्ममा भूइतलाको काम सम्पन्न भई एक तल्लामाथिको काम हुदै छ । अबको ९ महिना अर्थात समय सिमा भित्र धरहरा निमर्णको काम सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण कम्पनी रमण कन्ट्रक्सनले जानकारी दिएको छ ।

    केही समयअघि स्थानीय वासिन्दाले परम्परागत बाटो खुलाउनुपर्ने माग गरेपछि धरहरा निर्माणको काम अबरुद्ध भएको थियो । पैदलमार्ग खुलाउनुपर्ने र सुन्धारा संरक्षण गर्नुपर्नेलगायतका माग राख्दै स्थानीयले धरहरा निर्माण क्षेत्रमै पुगेर विरोध जनाएका थिए ।

    धरहरा निर्माण आयोजनाले स्थानीयको अवरोधका कारण काम गर्ने वातावरण नभएको भन्दै केही दिन काम रोकेको थियो । तर ती सबै समस्याको समाधान भए सगै कामले तिव्रता पाएको छ । यसप्रति सर्वसाधारण पनि सन्तुष्ट छन् ।

    २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहरा सरकारले बाहिरबाट हेर्दा पुरानै डिजाइनमा तर भित्र सुविधासम्पन्न हुनेगरी बनाउन लागेको हो । २९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

    बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुन्छ । धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रर्दशनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो र अपांगमैत्रीसमेत हुनेछ । रिपोर्टस नेपाल

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology