बरदुबईमा खुल्यो नयाँ नेपाली ट्राभल- कोसेली ट्राभल एन्ड टुरिजम

दुबई | बरदुबई- वैदेशिक रोजगारीको क्रममा युएई आएका चार जना नेपाली मिलेर दुबईमा कोसेली ट्राभल खोल्ने भएका छन् । नेपालीहरुको भेटघाटको केन्द्र मानिने बरदुबईमा आगामी मे १७ शुक्रबारबाट कोसेली ट्राभल संचालनमा आउन लागेको हो । बरदुबई बसपार्क एरियामा रहेको अल राफा पुलिस स्टेसन अगाडिको भवनमा आगामी १७ मे शुक्रबार साँझ ७ बजे कोसेली ट्राभल एन्ड टुरिजमको औपचारिक रूपमा उदघाट्न हुने संचालकले बताएका छन् । युएईको...

...विस्तृतमा पढ्नुहोस्

जरो र किलोको इजरायलमा तदर्थ समिति गठन

इजरायल | जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्तिको इजरायलमा तदर्थ समिति गठन गरिएको छ । यहि मे ७ तारिख नम्रता उप्रेतीको संयोजकत्वमा १९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो जसमा सचिब: तीर्थराज जोशी, कोषाअध्यक्ष: अनुष्का कडरिया र सदस्यहरूमा क्रमस पबित्रा बजगाई क्षेत्रि, अंजिता पौडेल, भिमकुमारी मगर, मिरा दास, सिता पोख्रेल भुषाल, कमला भण्डारी ढ़क़ाल, प्रणामी श्रीकृष्ण, सावित्रा लुइँटेल घिमिरे, हरिश खरेल, मेनुका बस्नेत, सुबास...

...विस्तृतमा पढ्नुहोस्

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी इजरायलबाट सहयोग

इजरायल | धुर्मुस सुन्तली फाउण्डेशनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी इजरायलबाट सहयोग गरिएको छ । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुल आयोजना र १४ वटा संघ सस्थाहरुको आयोजनामा गत वर्ष सम्पन्न तीज तथा चोथा पुजा कार्यक्रमबाट प्राप्त मुनाफा ३ लाख ३७ हजार ५०० रुपैया फाउण्डेशनलाई आज हस्ताण्तरण गरिएको हो । धुर्मुस सुन्तली फाउण्डेशनलाई चितवनको रामपुरमा अन्तर्राष्ट्रियस्तरमा नेपाल र नेपालीका लागि गौरब झल्किने...

...विस्तृतमा पढ्नुहोस्

इजरायलबाट राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग

इजरायल | अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई ४ लाख ६४ हजार ८ सय नेपाली रुपैया सहयोग गरेको छ। गत अप्रिल १२ शुक्रबार साँझ इजरायलको तेल अविवमा नेपालबाट आमन्त्रित गायक राजेश पायल राई तथा मोडल कुशल थलङ लिम्बु लगायत स्थानिय नेपाली कलाकारहरुको साथमा नयाँ वर्ष २०७६ सांगीतिक धमाका कार्यक्रमको आयोजना गरेको थियो उक्त कार्यक्रमबाट संकलित रकमको मुनाफा आविस्कार केन्द्रलाई सहयोग गरेको हो । नेपालमा...

...विस्तृतमा पढ्नुहोस्

नेपाली राजदूतावासको मुलआयोजनामा इजरायलमा बुद्ध जयन्ती मनाईदै

तेलअविव, इजरायल | इजरायलमा २५६३ औं बुद्ध जयन्ती मनाईने भएको छ । नेपाली राजदुतावास इजरायलको मुलआयोजना साथै इजरायलमा स्थापना भएका विभिन्न राजनैतिक, सामाजिक, जातीय, धार्मिक, साहित्यिक, परोपकारी लगायतका संघ-संस्थाहरुको सकृयतामा कार्यक्रम आयोजनाको तयारी गरिएको हो । यहि १८ मे २०१९ (शनिबार) इजरायलको तेलअविव स्थित हगाना-१३५ मा रहेको हलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६३ औ बुद्ध जयन्ती मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रममा इजरायलमा...

...विस्तृतमा पढ्नुहोस्

अस्ट्रेलियामा केकीको विश्वास

पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै विश्वास बोलको एक समसामयिक गीतको भिडियो रिलिज गरिएको छ । डा. भोला रिजालको शब्द, नरहरी प्रेमीको संगीत रहेको गीतमा लामोसमय देखी अस्ट्रेलियालाई कर्मभुमि बनाउदै आएका गायक डा. रामकृष्ण निरौलाको शुमधुर आवाज गीतमा रहेको छ । पछिल्लो पुस्ताकी चर्चित नायिका तथा मोडल केकि अधिकारीलाई कथामा उतारिएको गीतमा भरपुर साथ दिएकाछन् आरसी थापा र सोन्हार श्रेष्ठले...

...विस्तृतमा पढ्नुहोस्

झापाली समाज युएईका पुर्व अध्यक्ष भण्डारीको बिदाई

आरपी सहयात्री अप्रिल १८,युएई- झापाली समाज युएईले आफ्ना पुर्वअध्यक्ष रोहितकुमार भण्डारीलाई युएईबाट भव्य तरिकाले बिदाई गरेको छ । नेपाली नववर्स २०७६ को अवसरमा गत १२ अप्रिल शुक्रबार झापाली समाज युएईले आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रममा भण्डारीलाई बिदाई गरिएको हो । वैदेशिक रोजगारीको सिलसिलामा सन् २०११ देखि युएईमा सपरिवार रहेका भण्डारी युएईको एक प्रतिष्ठित यतिम ग्रुप अफ कम्पनीको आन्तरिक लेखापरीक्षक हुँदै पछिल्ला तीन वर्षदेखि फाइनान्स...

...विस्तृतमा पढ्नुहोस्

नयाँ बर्ष २०७६ फुटसल प्रतियोगिता इजरायलको उपाधी केवाईसी रातोलाई, भिडियो सहित

इजरायल | नयाँ वर्षको अवसरमा इजरायलमा सम्पन्न नयाँ बर्ष २०७६ फुटसल प्रतियोगिताको उपाधीमा केवाईसी रातोले कब्जा जमाएको छ । भारतिय टिम दार्जिलिंग युनाइटेडमाथी १-२ को जित निकाल्दै केवाईसी रातोले उपाधी जितेको हो । प्रतियोगिताको पहिलो खेलमा केवाईसी निलो र सेमीफाइनलमा भारतको गोवा फुटवल टिमलाई टाईब्रेकरमा हराएर दार्जिलिंग युनाइटेडले फाइनलको यात्रा तय गरेको थियो भने, केवाईसी रातोले एनआरएनए इजरायललाई पहिलो खेल र सेमीफाइनलमा इस्ट स्पोर्टिंगलाई टाईब्रेकरमा हराएर...

...विस्तृतमा पढ्नुहोस्

अध्यक्षमा कुमार आङ्देम्बेलाई चुन्दै सकियो कियाचु इजरायलको छैटौँ वार्षिकोत्सव

इजरायल | किराँत याक्थुङ चुम्लुङ इजरायलको छैटौँ वार्षिकोत्सव तथा साधारणसभा तेलअविव इजरायलमा १३ अप्रिल २०१९ (शनिबार) का दिन सम्पन्न भएको छ । साधारणसभाबाट निवर्तमान महासचिव कुमार आङ्देम्बे अबिको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । नयाँ कार्य समितिका पदाधिकारीहरुमा अध्यक्ष : कुमार आङ्देम्बे अबि, प्रथम उपाध्यक्ष : नुमा काङ्भा बखिम,उपाध्यक्ष : जया कुमारी चेम्जोङ,महासचिब : राज आङ्देम्बे लिम्बु,सचिब : कन्चन काङ्भा बखिम,कोषाध्यक्ष : खुमा लिम्बु,सह-...

...विस्तृतमा पढ्नुहोस्

काकड्भिटटाका एक युवा मलेसियामा मृत भेटिए

काकड्भिटटा,१९ चैत । झापा, काकड्भिटटाका एक युवा मलेसियामा मृत भेटिएका छन् । मलेशिया स्थित कोतारायामा झापा ,काकटभिट्टा घर भएका याम बहादुर गुरुङ २ अप्रिलका दिन विहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । निजको शवलाई प्रहरीले पोस्टमार्टमको लागि क्वालालम्पुर हस्पिटलमा लगिएको छ । अन्दाजी ३५ वर्षका निज गुरुङ विगत ८ वर्ष देखि मलेसियामा नै कार्यरत...

...विस्तृतमा पढ्नुहोस्