क्लब फुटबलको सर्वाधिक चर्चित प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा आज लिभरपुल र टाेटनह्याम भिड्दै

काठमाडौँ | युरोपियन क्लब फुटबलको सर्वाधिक चर्चित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिका लागि आइतबार राति प्रिमियर लिगका दुई प्रतिद्वन्द्वी लिभरपुल र टोटनह्याम भिड्दैछन् । प्रिमियर लिगको उपाधिनजिक पुगेर पनि चुकेको लिभरपुललाई यो सिजन अर्काे उपाधि जित्ने मौका रहेको छ । युरोपियन फुटबलको सर्वाधिक धेरै पुरस्कार राशीको प्रतियोगिता जित्न सकेमा लिभरपुल च्याम्पियन्स लिगको उपाधि जित्ने तेस्रो क्लब हुनेछ । छैटौँ पटक यो प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुलको...

...विस्तृतमा पढ्नुहोस्

खेलकुद बिकासका लागी कानुन बनाउने : मन्त्री कार्की

दमक,१४ जेठ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले खेलकुदको समग्र बिकासका लागी प्रदेश सरकार कानुन बनाउने प्रक्रियामा रहेको बताएका छन् । दमकमा सञ्चालित दमक नगर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समापन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दे मन्त्री कार्कीले राष्ट्रलाई चिनाउने माध्यम खेलकुद पनि भएकाले खेलकुद क्षेत्रको समग्र बिकासका लागी कानुन निर्माण गर्नका काम भईरहेको वताए । खेलकुदको विकास गर्न प्रदेश सरकार...

...विस्तृतमा पढ्नुहोस्

मेचीनगरमा पहिलो पटक खेलकुद महोत्सव हुने

मेचीनगर,१३ जेठ । झापाको मेचीनगरमा प्रथम मेचीनगर खेलकुद महोत्सव हुने भएको छ । मेचीनगर नगर स्तरीय खेलकुद विकास समितिले सोमवार यहाँ पत्रकार सम्मेलन आयोजना गरी जेठ १५ गते बुधबारदेखि जेठ २३ गतेसम्म हुने महोत्सवको तयारी पूरा भएको जनाएको छ ।नगर स्तरीय खेलकुद विकास समितिका अध्यक्ष तथा वडानम्बर ४ का वडाध्यक्ष सामाजिक विकास समिति संयोजक नविन वरालले महोत्सवमा महिला तथा पुरुषतर्फको म्याराथन, फुटबल, क्रिकेट, भलिवल,...

...विस्तृतमा पढ्नुहोस्

दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफमा नोबेल बिजयी

बिराटनगर । दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा बिराटनगर स्थित नोबेल मेडिकल कलेज बिजयी भएको छ । वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आयोजित प्रतियोगितामा नोबेलको टिम बिजयी बनेको हो । प्रतियोगितामा नोबेलका कौसल सिग्देल, सुनिल ढुंगाना र सागर न्यौपाने सहभागि थिए । बिजयी भएसँगै उनीहरुले ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै प्रतियोगितामा वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान दोस्रो र काठमाण्डौ...

...विस्तृतमा पढ्नुहोस्

गौरादहमा प्रदेशस्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुदै

गौरादह,११ जेठ। खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण उद्देश्य हासिल गर्ने लक्ष्य लिएको झापाको गौरादह नगरपालिकाले विभिन्न यस आर्थिक वर्षका लागी विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गत हप्ता मात्र सम्पन्न भएको मेयरकप भलिवल लगत्तै प्रदेशस्तरिय खुल्ला व्याडमिन्टन खेल गर्ने कार्यक्रमको खाका सार्वजनिक गरिएको छ । प्रदेश स्तरिय खूल्ला डवल व्याडमिन्टन प्रतियोगिता यही जेष्ठ १३ गते उद्घाटन भई जेष्ठ १५ गते गणतन्त्र दिवशको अवसर पारेर...

...विस्तृतमा पढ्नुहोस्

सन्दिप बार्बाडोसबाट सिपिएल खेल्न ७० हजार डलरमा अनुबन्ध

बिर्तामोड । नेपालका लेग स्पिनर सन्दिप लामिछानेले लगातार दोस्रो वर्ष क्यारेबियन प्रिमियर लिग सिपिएल क्रिकेट खेल्ने भएका छन् । लेग स्पिनर सन्दिपलाई यसपटक बार्बाडोस ट्राइडेन्टले आफ्नो टोलीमा आबद्ध गरेको हो । अघिल्लो सिजन उनले सेन्ट किट्स एन्ड नेभिल प्याट्रिएट्सबाट सिपिएल क्रिकेट खेलेका थिए । यसपटक सन्दिप महंगो मुल्यमा आबद्ध भएका छन ्। उनले ७० हजार डलर पारिश्रमिक पाउनेछन् । सन्दिपसँगै ड्राफ्टमा परेका अन्य तीन नेपाली खेलाडीहरु...

...विस्तृतमा पढ्नुहोस्

राष्ट्रपति रनिङशिल्डको स्थानीय तह र जिल्लास्तरीय छनौटको मिति तय

बिर्तामोड । झापा जिल्लास्तरीय ११ औं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठक मंगलबार सम्पन्न भएको छ । उक्त समितिका संयोजक एवँ जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह र जिल्लास्तरीय छनौट प्रतियोगिताको मिति तय गरेको छ । बैठकमा पोर्तेलले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितासंगै सञ्चालन हुने क्रिकेट र फुटबल प्रतियोगिताका लागि समन्वय समितिको तर्फबाट १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता...

...विस्तृतमा पढ्नुहोस्

यूएफसीका एक्ला नेपाली खेलाडी युकी 

दमक,७ जेठ । झापा, दमक २ घर भई हाल वेलायतमा बस्दै आएका २० बर्षिय युकी आङ्गदेम्बेले अन्तराष्ट्रिय स्तरको यूएफसी खेलमा विभिन्न पदक जित्दैआाएका छन् । अल्टिमेट फाइटिङ च्याम्पियनसीप ( यूएफसी ) मा एक वर्षदेखि आवद्ध भएका मार्शल आर्टका खेलाडी समेत रहेका आङ्गदेम्बेले हालसम्म पाँच वटा राष्ट्रिय पदक जितेका छन् । यूकेमा आयोजना भएका अधिकांश खेलमा उनले नेपालको प्रतिनिधित्व गरि देशको झण्डा फरफराउन सफल भएका छन् ।...

...विस्तृतमा पढ्नुहोस्

धरान उपमहानगरपालिकाद्धारा खेलाडी प्रोत्साहन

खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले धरान उपमहानगर नगरपालिकाले यस वर्ष पनि एक जनालाई बर्ष खेलाडीको रुपमा एकजानलाई सम्मानगर्ने भएको छ । धरान उपमहानगरपालिका अन्र्तगतको नगर खेलकुद विकाश समितिले २०७४ देखि शुरु गरिएको ‘धरान बर्ष खेलाडी’ को सम्मान लाई यस वर्षपनि निरन्तरात दिने भएको हो । समिति आगामि जेष्ठ १० गते एक कार्यक्रमका बीच एक जना खेलाडीलाई सम्मान गर्ने बताइएको छ । सम्मान कार्यक्रम २०७५ साल भित्रै गर्नुपर्ने...

...विस्तृतमा पढ्नुहोस्

जेठ १० बाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदै

तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जेठ १० गतेबाट २५ गतेसम्म प्रतियोगिता हुने जनाएको छ । टियु क्रिकेट मैदान र मुलपानी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने प्रतियोगिता यसअघि जेठ ८ गतेबाट सुरु हुने बताईएको थियो ।प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले...

...विस्तृतमा पढ्नुहोस्