रंगशालाका बारेमा सरोकारवालापक्ष संग अन्तरकृया

दमक,१०जेठ । झापाको कमल गाँउपालिका ५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले विहिबार रंगशालाका बारेमा सरोकारवाला हरुसंग अन्तरकृयाको आयोजना गरेको छ ।  रंगशालाका वारेमा भईरहेका गतिविधिहरुका सम्बन्धमा विस्तृत जानकारी दिने उद्देश्यले सरोकारवालाहरुसंग अन्तरकृया गरिएको महासचिव दिपेनवाला राईले जानकारी दिए । स्थानीय नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको सभाहलमा आयोजना गरिएको अन्तरकृयामा सहभागिहरुले आदिवासी ,जनजातिहरुको पहिचानसंग जोडिएको रंगशालालाई कुनै पनि हालतमा बनाउन जुट्नु पर्ने औल्याए । अन्तरकृयामा...

...विस्तृतमा पढ्नुहोस्

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित समाधानका उपायहरु सिकाईएको सेल्स मेनेजर विकासकुमार कर्णले जानकारी दिएका छन् । कर्णका अनुसार तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई पीके जैन र हरिसचन्द्र सैनीले सहजीकरण गरेका थिए । यसअघि पूर्वाञ्चलका विभिन्न जिल्ला र स्थानहरुमा...

...विस्तृतमा पढ्नुहोस्

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया आफुले प्राप्त गरेको परिश्रमीक बाट तिरिदिएको हो । अहिले धनकुटा नगरपालिकाले वडाध्यक्षहरुलाइ मासिक १३ हजार ८ सय रुपैया को ब्यबस्था गरेको छ । उनले बिद्यालयको लागि तिरेको ऋण उनको २३ महिना...

...विस्तृतमा पढ्नुहोस्

रतुवामाईको सौठामा अस्पताल बन्ने

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच नगरप्रमुख रविन राईले शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा नगरप्रमुख राईले अस्पताल स्थापना भएसगै यस क्षेत्रका जनताको उपचारको लागि अन्यत्र जानुपर्ने बाध्यता हट्नुका साथै अन्यत्रका बिरामी यस अस्पतालमा आउने बताउनुभयो ।...

...विस्तृतमा पढ्नुहोस्

विप्लव माओवादीद्धारा झापा बन्द फिर्ता

बिर्तामोड,९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भोलि शुक्रवारका लागि आह्वान गरेको झापा बन्द फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा गरेको थियो । सरकारले नेकपा माथि प्रतिबन्ध लगाएपछि सो पार्टीले पनि प्रधानमन्त्री ओली जाने कार्यक्रमलाई प्रतिबन्ध लगाउने जनाएको थियो । नेकपा झापाका...

...विस्तृतमा पढ्नुहोस्

रतुवामाईको सौठामा अस्पताल निर्माण हुने

९ जेठ–मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको आज एक कार्यक्रमका विच नगरप्रमुख रविन राईले शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा नगरप्रमुख राईले अस्पताल स्थापना भएसगै यस क्षेत्रका जनताको उपचारको लागि अन्यत्र जानुपर्ने बाध्यता हट्नुका साथै अन्यत्रका बिरामी यस अस्पतालमा आउने बताउनुभयो...

...विस्तृतमा पढ्नुहोस्

भोलि शुक्रबार झापा बन्दको आह्वान

बिर्तामोड,९ जेठ ।नेपाल कम्युनिष्ट पार्टीले भोलि शुक्रवार झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जिल्ला आउने कार्यक्रम तय भएपछि पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा गरेको हो । सरकारले नेकपा माथि प्रतिबन्ध लगाएपछि सो पार्टीले पनि प्रधानमन्त्री ओली जाने कार्यक्रमलाई प्रतिबन्ध लगाउने जनाएको थियो । नेकपा झापाका सेक्रेटरी सुमनसिंहले बिज्ञप्ति जारी गरी पार्टीको केन्द्रीय निर्णय अनुसार...

...विस्तृतमा पढ्नुहोस्

पाडाजुंगीलाई व्यवस्थित गरिदै

दमक,९ जेठ । कमल गाँउपालिका ५ को पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको छ । वडा कार्यालयले गाँउपालिकाकै नमुना वार्डका रुपमा विकास गर्ने उद्देश्यले वडाको मुख्य क्षेत्र पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले जानकारी दिए । उनका अनुसार गतवर्ष ५ लाख र चालु वर्ष रु ८ लाख वजेट विनीयोजन गरि पाडाजुंगी चौक क्षेत्रको पूर्वाधार निर्माणका कामहरु धमाधम भईरहेका छन् । राजमार्गसंगै जोडिएको सडक अतिक्रमीत...

...विस्तृतमा पढ्नुहोस्

पाँचथर हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि गरिँदै

बिर्तामोड । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि अहिले केहिबेरमा गरिँदै छ ।हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा पोष्टमार्टमपछि केही समयअघि घटनास्थल आरुबोटेमा ल्याइ पुर्‍याइएको छ । विभत्स हत्या गरिएका ९ जनाको आज दिउँसो अन्त्येष्टि गर्ने तयारी भइरहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताउनुभयो । हत्या गरिएका दुई परिवारमध्ये...

...विस्तृतमा पढ्नुहोस्

अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन खान पाईने

बिर्तामोड। पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनले अर्जुनधारा नगरपालिका भित्रका असहाय र गरीबले समेत निःशुल्क सो भोजन ग्रहण गर्न पाउने व्यवस्था गरेको बताए । ‘हाम्रो उद्देश्य भनेको नगरका कोही पनि भोकै नसुतुन् भन्ने हो’, कोषाध्यक्ष जोशीले भने,...

...विस्तृतमा पढ्नुहोस्