चालिस कटेसी रमाउन जेसीज पूर्व अध्यक्ष समाज देशैभर गठन गर्ने: अध्यक्ष पौड्याल

बुधबारे असार १५ । जेसीज पूर्व अध्यक्ष समाज झापाको चौथो साधारण सभा बुधबारेमा शनिबार सम्पन्न भएको छ । समाजका अध्यक्ष जेसीआई सिनेटर विनोद बस्नेतको सभापतित्व तथा नेपाल जेसीजका अध्यक्ष महेश पौडेयालको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि पौड्यालले ४० कटेपछि रमाउनका लागि जेसीज पूर्व अध्यक्ष समाजले ठूलो भूमिका खेल्ने आफूले बल्ल थाहा पाएको भन्दै झापामा जस्तो सबै जिल्लाहरुमा जेसीज पूर्व...

...विस्तृतमा पढ्नुहोस्

दुई करोड ९४ लाख लागत स्टमेटमा तीनतले पर्यापर्यटन

अनिल वाग्ले बुधबारे । तीनतले सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्तिले बुद्धशान्ति–१ मा तीनतले पर्यापर्यटन क्षेत्रको विकास गर्ने भएको छ । सो वन समितिले बुद्धशान्ति–१ को दामा–अँधेरी खोला दक्षिण पूर्वमा पर्यापर्यटन क्षेत्रको विकास गर्ने गरी गुरुयोजना तयार गरेको छ । गुरु योजना अनुसार कार्य सम्पन्न गर्न दुईकरोड ९४ लाख लाग्ने तीनतले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नन्दकुमार राईले जनाएका छन् । उनले सो क्षेत्रमा भौगोलिक हिसाबले सम्भावना...

...विस्तृतमा पढ्नुहोस्

बौद्धमार्गी देशका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रबद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो–नेपाल) सँगको सहकार्यमा नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्धार र एक आकर्षक पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल सेल्स मिसन २०१९ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोर्डकोतर्फबाट सहभागी प्रतिनिधिले नेपाल भ्रमण वर्ष–२०२० को...

...विस्तृतमा पढ्नुहोस्

पुष्प धिरेन्द्र स्मृती प्रतिष्ठानले दमकका विद्यार्थीलाई तेह्रथुम घुमायो

झापा | पुष्प धिरेन्द्र स्मृति प्रतिस्ठानले झापा दमकका बिद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमण गराएको छ । प्रतिष्ठानले केहि दिन अघि दमकमा सम्पन्न दमक नगरस्तरीय खेलकुद प्रतियोगिताका बिभिन्न बिधाका बिजेताहरुलाई भ्रमणका लागि तेह्रथुमको तिनजुरे मिल्के, धनकुटाको पाख्रिबास लगायत अन्य स्थानहरुको भ्रमण गराएको हो । प्रतिष्ठानले आयोजना गरेको भ्रमणमा दमकका बिभिन्न सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थी र बिषयगत शिक्षकहरुलाई भ्रमणमा सामेल गराएको प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेतले जानकारी दिए...

...विस्तृतमा पढ्नुहोस्

कोरियन भाषा परीक्षाको तयारीमा हुनुहुन्छ ! तपाईको केन्द्र कहाँ पर्यो, सम्पूर्ण विवरण

काठमाडौ । सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीमा जान दक्षिण कोरियाका लागि भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि परीक्षा केन्द्र तोकिएको छ। यही जेठ २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका लागि ३२ वटा परीक्षा केन्द्र तोकेको छ। यस पटकको भाषा परीक्षा सञ्चालन गर्नका पोखरामा चारवटा, ललितपुरमा सातवटा र काठमाडौं जिल्लामा २१ वटा भाषा परीक्षा केन्द्र...

...विस्तृतमा पढ्नुहोस्

एक्सेलको दुइदिने प्रशिक्षण कार्यक्रम समापन

विर्तामोड । जेठ १९,  एक्सेल डेभलपमेन्ट बैंक लि. ले दुइदिने प्रशिक्षण कार्यक्रमको समापन गरेको छ । बैंकले पछिल्लो समय कर्मचारीको बृत्ती विकासका लागी लगातार साप्ताहिक रुपमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको छ । त्यसैको निरन्तरता स्वरुप जेठ १७ गते देखी विर्तामोडमा सुरु प्रशिक्षण हिजो सम्पन्न भएको हो । प्रशिक्षण विषेश गरी कर्जा प्रवाह, वित्तिय चुनौती र समाधानका साथै पछिल्लो समय राष्ट्र बैंकद्धारा जारी विभिन्न निति तथा...

...विस्तृतमा पढ्नुहोस्

 मेलामा ८ सय ९९ लाई रोजगारी

उदयपुरको गाईघाटमा शुक्रबार भएको बृति परामर्श तथा रोजागार मेलाबाट करिब एक हजार जना बेरोजगारहरुले रोजगारी प्राप्त गरेका छन । रोजगार मेलामा ८ सय ९९ जना बेरोजगार सूचना फारम भरेर ठाउको ठाउँ रोजागर पाएका हुन् । नेपाल सरकारको “समृद्ध नेपाल सुखी नेपाली”को नारालाई सार्थक बनाउन मेलाको आयोजना गरिएको आयोजक त्रियुगा नगरपालिकाले जनाएको छ । मेलामा १ हजार ३ सय युवाहरुले बृत्ति परामर्श सेवा लिएका छन् भने ९...

...विस्तृतमा पढ्नुहोस्

जगद्गुरु, जन्मस्थल र यस क्षेत्रको संम्भावना

बुद्धशान्ति । अनन्तश्री विभूषित जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्री ले नेपाल राष्ट्रका धार्मिक निधिहरुको वेद पुराणका प्रमाणका आधारमा आदिगंगा सप्तकौशिकी प्राचीन हरिद्वार वराहक्षेत्र मोहिनीरुप विष्णुले अमृतघटको तर (छाली) बाट स्थापनागरेको रुद्रक्षारण्यको पिण्डेश्वर महादेव र चताराधाममा प्राचीन समयमा कुम्भस्थान हुने गरेको तथा स्कन्द महापुराणको प्रमाणका आधारमा १२ ज्योतिलिङ्ग नेपालमै भएको पुष्टि गरेका छन् । यी कुराको प्रमाण सहित पुष्टि,संरक्षण र प्रबद्र्धनमा जगद्गुरुको भूमिका अत्यन्त्यै महत्वपूर्ण...

...विस्तृतमा पढ्नुहोस्

बुद्धशान्ति गाउँपालिकामा साहसिक खेल जीप फ्लाईङको संम्भावना पनि देखियो

बुद्धशान्ति । जीप फ्लाइङ एउटा साहसिक खेल हो । विशेष गरी यो खेल खेल्न विदेशी नागरिक मनपराउँछन् । नेपालमा पनि केही ठाउँमा जीप फ्लाईङ सञ्चालनमा छन् । झापाको बुद्धशान्तिमा पनि जीप फ्लाईङको संम्भावना देखिएको छ । वडा नम्बर ७ र वडा नम्वर ६ लाई जोड्ने गरी जीप फ्लाईङ सञ्चालन गर्न सकिने संम्भावना देखिएको हो । वडा नम्वर ७ को जरेबरबाट वडा नम्वर ६ सम्मको दूरीमा...

...विस्तृतमा पढ्नुहोस्

कमलमा प्रधानमन्त्री रोजगार कार्यक्रमकालागि एक हजार बढीको आवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झापाको कमल गाउँपालीकामा एक हजार २ सय भन्दा बढीको आवेदन परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहाने व्यक्तिले २०७६ साल बैशाख मसान्त सम्ममा आबेदन दिनुपर्ने थियो जस अन्तर्गत कमल गाउँपालिका का ७ वटा वडा मध्ये सबै भन्दा धेरै वडा नम्वर २ बाट तिनसय र सबै भन्दा कम वडा नम्बर ५ बाट ७४ जना गरी जम्मा एक हजार २ सय...

...विस्तृतमा पढ्नुहोस्