बाल क्लबका पदाधिकारीलाई उद्घोषण तालिम

कमल, १९ जेठ । झापाको कमल गाउँपालिकामा रहेका बाल क्लबका पदाधिकारीहरुको नेतृत्व विकासका लागी दुई दिने उद्घोषण तालिम सञ्चालन गरिएको छ । वडा नम्बर ५ भित्र रहेका ९ वटा बाल क्लबका पदाधिकारीहरुको नेतृत्व विकासका लागी आधारभूत उद्घोषण तालिम सुरु गरिएको हो । तालिमको आज एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले उद्घाटन गरिन् । बाल कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समितिकी अध्यक्ष रोजिना आचार्यको अध्यक्षतामा भएको...

...विस्तृतमा पढ्नुहोस्

बालबालिकालाई भित्तेपत्रिका तालिम

गौरीगञ्ज, १८ जेठ । झापाको गौरीगञ्ज गाउँपालिकामा रहेका ४ वटा माध्यमिक विद्यालयका ४५ जना विद्यार्थीलाई बाल भित्ते पत्रिका सम्बन्धि तालिम प्रदान गरिएको छ । गाउँपालिकाको सहयोगमा मदानी मिडिया दमकले दुई चरणमा गरी ४ दिन सम्म सञ्चालन गरेको तालिमको शनिबार समापन गरिएको हो । तालिममा वाल कल्याण मावि, आदर्श मावि, गौरीगञ्ज मावि र खजुरगाछी माविका विद्यार्थी सहभागी थिए । दोश्रो चरणको तालिमको आज गौरीगञ्ज माविमा समापन...

...विस्तृतमा पढ्नुहोस्

गोलाटारमा निशुल्क स्वास्थ शिबिर

दमक,१७ जेठ । यहाँस्थित पहिलो पाइलाले आज शुक्रबार दमक ३ स्थित जनज्योति आधारभुत विद्यालय गोलाटारमा एक दिने निशुल्क आँखा कान सम्बन्धि स्वास्थ्य शिबिर सम्पन गरेको छ। पहिलो पाइलाको आयोजना तथा कोशी डेन्टल केयर ,बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा ३०० जनाको निशुल्क स्वास्थ जाँच गरिएको थियो । शिविरमा बिराटनगर आँखा अस्पतालको चिकित्सक टोलि र फिजिशियन डाक्टर अमृत पोख्रेलको टोलिले स्वास्थ जाँचमा प्राविधिक सहयोग पुरयाँएका...

...विस्तृतमा पढ्नुहोस्

पशुपंक्षीको निःशुल्क उपचार

  बिर्तामोड, जेठ १७ । सहारा नेपालको आयोजनामा बिर्तामोड ७ मा शुक्रबार बृहत पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरलाई बिर्तामोड नगरपालिकाले व्यवस्थापन गरेको हो । सहाराका पशु चिकित्सक डा. कमलेश्वर भाटका अनुसार शिविरमा तीन सय घरधुरीका छ हजार पशुपंक्षी लाभान्वित भएका छन् । अधिकांश स्थानीयले शिविरमै आफ्ना घरपालुवा जनावर लिएर आएका थिए । तीनजना पशु चिकित्सकसहित आधा दर्जन पशु प्राविधिकले पशु तथा...

...विस्तृतमा पढ्नुहोस्

‘बाहुण्डाँगी जेसीज वक्तृत्व अवार्ड’ अरुणोदयकी दिक्षा पौडेललाई

बाहुुण्डाँगी । ‘बाहुण्डाँगी जेसीज वक्तृत्वला अवार्ड २०१९’ अरुणोदय अंग्रेजी स्कुल काँकरभिट्टाकी दिक्षा पौडेलले जितेकी छिन् । बाहुण्डाँगी जेसीजले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा मेचीनगरका १९ वटा विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै दिक्षाले अवार्ड जितेकी हुन् । अवार्डसँगै उनले नगद ३ हजार र प्रमाण पत्र प्राप्त गरेकी छिन् । प्रतियागितामा आदर्श विद्या मन्दिर मेचीनगर ९ कि मेलिना खनाल दोस्रो भइन । उनले नगद २...

...विस्तृतमा पढ्नुहोस्

महेन्द्र ज्योति माविको भवन हस्तान्तरण

विर्तामोड १५ जेठ । गोर्खा वेलफेयर ट्रष्ट जीडब्लुटिद्वारा निर्माण गरिएको झापाको विर्तामोड १०स्थित महेन्द्र ज्योति माविको भवन बुधबार एक कार्यक्रमका बीच व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।जीडब्लुटिका प्रतिनिधि जर्नल जोन वाइटले विद्यालय भवनको उद्घाटन गर्नुका साथै विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरे । विर्तामोड नगरपालिका वडा नं.१० का वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा सम्पन्न भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि वाइट, विशेष अतिथि क्याम्टेन केदार राई लगायतले शुभकामना...

...विस्तृतमा पढ्नुहोस्

सरस्वतीमा २ लाख बढीको अक्षयकोष

दमक,१४ जेठ । दमक २ स्थित सरस्वती आधारभुत बिद्यालयमा आज स्थानीय समाजसेवीहरुले आफ्ना दिवंगत परिवारको स्मृतिमा २ लाख रुपैया बढिको अक्षयकोष स्थापना गरेका छन् । बाल शिक्षादेखि कक्षा ८ सम्म अध्यपान हुने सो बिद्यालयमा आज एक कार्यक्रमका बीच स्थानीय समाजसेबी कमलपति खनाल लगायतका परिवारले आफ्ना दिवंगत माता पिताको स्मृतिमा १ लाख १२ हजार ५ सय रुपायाँको धनपति–नर्बदा स्मृति अक्षय कोष स्थापना गरेका हुन् । त्यसैगरि...

...विस्तृतमा पढ्नुहोस्

‘लेट मि टक’को उपाधि ढुंगानालाई

विर्तामोड,१४ जेठ । एजुकेशन एण्ड माइग्रेशनकर्नर ‘लेट मि टक’ बक्तृत्वकला प्रतियोगिताको उपाधि झापा देवी माध्यमिक विद्यालयका दिपक दुंगानाले जितेका छन् । फस्ट रनर अप दमक बहुमुखी क्याम्पसकी रुविना विष्ट बनेकी छिन् । उनी बीबीएस दोश्रो बर्षमा अध्ययनरत छिन् । ड्म्सि वल्र्ड इन्टरटेनमेन्टको आयोजनामा नेपाली युवाहरुको आर्थिक सशक्तिकरण बिषयमा उनीहरुले धारणा राखेका थिए । उपाधिसँगै ढुंगानाले २० हजार नगद, ट्फ्री सहितका पुरस्कार पाए । त्यस्तै, फस्ट...

...विस्तृतमा पढ्नुहोस्

तपाईंकी श्रीमति बाँचिरहेकि छिन् है भनेर सुनाइदिनु

जतिवेला उनको प्रेम सम्बन्ध चल्दै थियो त्यतिवेला उनले आफ्ना प्रेमीलाई पटक–पटक भनिन् ‘तपाईं ठूलो जातको हुनुहुन्छ, म सानो जातको, हामीलाई परिवार–समाजले स्विकार गर्न सक्दैन ।’ उनले जति पटक जातकै आधारमा हामी विवाह गर्न सक्दैनौं भनिन् त्यति नै पटक ‘समाजलाई हामीले हो देखाउने, जातभातको पछि लाग्नुहुन्न, हामी मिलेर बस्ने हो हामी बिचको प्रेम खस्किुनु हुँदैन तब जसले जे भनेपनि केहि हुनेवाला छैन ।’– भनेर उनका प्रेमीले...

...विस्तृतमा पढ्नुहोस्

जेम्सको इन्ट्रयाक टोली डिस्ट्रीक कन्फेरेन्समा सहभागि हुदै

दमक,१० जेठ । भोलि शनिवारदेखि चितवनको सौराहामा हुने इन्ट्रयाक क्लवहरुको तीनदिने छैठौं डिस्ट्रीक कन्फेरेन्समा सहभागि हुन दमकको झापा मोडल अंग्रेजी वोर्डिङ स्कुलका एक टोली आज त्यस तर्फ प्रस्थान गरेको छ । विद्यालयका प्रिन्सीपल सागर श्रेष्ठसहितको विद्यार्थीहरुको टोली आज साँझ त्यसतर्फ प्रस्थान गरेको हो । टोलीमा प्रिन्सीपल श्रेष्ठसहित इन्ट्रयाक क्लवमा आवद्ध विद्यार्थीहरु सुभम राय,उषा न्यौपाने,रोजन अधिकारी,अश्ना दाहाल, कृतज्ञता थापा,प्रसिद्धी अर्याल, सेविका अधिकारी,आरोग्य भण्डारी र अमन जैसवाल...

...विस्तृतमा पढ्नुहोस्