बिर्तामोड नगरपालिकाका मेयरलाई ३० लाख क्षतिपूर्ति

विर्तामोड । सरकारले बिर्तामोड नगरपालिकाका मेयर धु्रबकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ। स्थानीय आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयरलाई मन्त्रिपरिषद्को निर्णयबाट ३० लाख दिइएको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा झापाबाट लक्ष्मी काफ्लेले लेखेका छन्। स्थानीयको घरमा खेल्न गएका अर्जुनधारा ११ का बालक लक्ष्मण सिवाकोटी नजिकै पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीय...

...विस्तृतमा पढ्नुहोस्

अमेरिका भन्छ: नेपालमा इसाई धर्म निकट संस्थाले हैन, हिन्दू राज्य बनाउन भाजपाले पैसा बाँडेको छ

काठमाडौं, ८ असार । विश्व महाशक्ति संयुक्त राज्य अमेरिकाले पहिलो पटक आफ्नो विदेश नीतिमा धार्मिक मुद्दालाई जोड दिएको एउटा प्रतिवेदन तयार पारेको छ । जहाँ नेपाल सन्दर्भमा भारतीय संस्थापन भारतीय जनता पार्टीले हिन्दू राज्य बनाउनका लागि खर्च गरेको आरोप पनि लगाइएको छ । हालै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास मानिने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दू राज्य हुनसक्ने बताएका थिए । नेपालका पत्रकारको...

...विस्तृतमा पढ्नुहोस्

झापाको सुकर्म सहकारीमा लाखौं रकम हिनामिना: व्यवस्थापक फरार

झापा । झापाको बुद्धशान्ति गाउँपालिका – ३ बुधबारेस्थित सुकर्म सहकारी बचत तथा ऋण सहकारी संस्थामा ७४ लाख रुपैयाँ हिनामिना भएको छ । बचतकर्ताहरूले जम्मा गरेकोे रकम सहकारीका व्यवस्थापकहरूको मिलेमत्तोमा हिनामिना भएको हो । बचतकर्ताले जम्मा गरेको रकम लिएर सहकारीका संस्थापक व्यवस्थापक मोरङको पथरीशनिश्चरे घर भई बुधबारेमा बस्दै आएका राजेश लिम्बु फरार भएका छन् । १ सय ६० जना सेयर सदस्य रहेको सहकारीको सेयर पूजी १...

...विस्तृतमा पढ्नुहोस्

निर्माणाधीन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ विवादमा, घटना यसरी घट्यो

भरतपुर । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को व्यक्तिगत महत्वकांक्षाका कारण चितवनको भरतपुर महानगरपालिकाभित्र बनाउन लागिएको भनिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ विवादमा परेको छ । रंगशाला बन्न लागेको स्थानमा जाने सडक बनाउने विषयमा विवाद हुँदा स्थानीयले ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ले रंगशाला निर्माणस्थलमा लगाएको बार भत्काइदिएपछि विवाद बाहिर आएको छ । ‘धुर्मुस–सुन्तली’का कारण बाटोमा पर्ने ५०–६० घरलाई भत्काएर सडक बनाउने तयारी गरेपछि आक्रोशित बनेका स्थानीयले बार भत्काएर...

...विस्तृतमा पढ्नुहोस्

विद्युत प्राधिकरण नेतृत्वको मिलेमतोमा १० अर्ब रुपैयाँ घोटाला

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण नेतृत्वको मिलेमतोमा राज्यलाई तिर्नुपर्ने १० अर्ब रुपैयाँ घोटाला भएको छ । नेपालका गन्यमान्य उद्योगी व्यावसायीले सञ्चालन गरेका विभिन्न १० उद्योगले तिर्नुपर्ने अर्बौ रकम नतिरेपछि राज्यकोषमा जम्मा हुनुपर्ने १० अर्ब घोटाला भएको हो । सिधै ट्रंक लाईन उपभोग गर्दै आएका केही उद्योग तथा कम्पनीहरुले २०७३ साल भदौदेखि डेडिकेटेड फिड्ससरह सामान्य महशुलभन्दा दोब्बर बढी महशुल तिर्नुपर्ने नियम छ । बढेको महशुल तिर्न...

...विस्तृतमा पढ्नुहोस्

भेटियो ३३ किलो सुन, के त्यो सुन चर्चित ‘गोरे’ काण्ड कै हो त !

काठमाडौं | सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ । दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि गर्दै तत्कालिन सुन तस्करी छानविन समितिका संयोजक सह–सचिव ईश्वरराज पौडेलले रातोपाटीसँग भने, ‘सुन भेटिएको भन्ने आएको छ, धरान–इटहरीका बासिन्दाबाट नै उक्त सुन बरामद भएको सूचना आएको हुनाले उक्त सुन हामीले...

...विस्तृतमा पढ्नुहोस्

प्रधानन्यायाधीशमा फेरि यसअघि अस्वीकृत दीपकराज जोशी सिफारिस !

काठमाडाैं | संसदीय सुनुवाइ समितिले यसअघि अस्वीकृत गरेका दीपकराज जोशीको नाम न्यायपरिषद्ले पुनः प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा सिफारिस गरेको छ । न्यायपरिषद्ले जोशीसँगै न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम पनि सिफारिस गरेको हो । ‘प्रधानन्यायाधीशका लागि स्थायी न्यायाधीश भई तीन वर्ष काम गरेका दुईजनाको नाम संवैधानिक परिषद्मा पठाइएको छ,’ न्यायपरिषद्का प्रवक्ता रामेश्वर रेग्मीले भने । सिफारिसमा रोलक्रमअनुसार वरिष्ठतम् न्यायाधीश जोशीकै नाम अगाडि राखिएको छ । तर, कैफियतमा भने उनी यसअघि संसदीय...

...विस्तृतमा पढ्नुहोस्

नयाँ सम्झौताकाे १ महिनामै मलेसियाले भन्यो- ‘कामदार पुरानै संयन्त्रबाट!’

काठमाडाैँ । श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ । कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले पुरानै संयन्त्रबाट ती कामदार पठाउन आग्रह गरे पनि नेपाल सरकार नयाँ सम्झौता कार्यान्वयन गर्ने पक्षमा देखिएको छ । श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको प्रस्तावबारे ठोस जवाफ नदिई सरकार दुई देशबीचका समझदारीको मर्म...

...विस्तृतमा पढ्नुहोस्

अझै खुलेन लाइसेन्सको अनलाइन आवेदन

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार पनि सेवाग्राहीले भर्न पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन आइतबार पनि अवरुद्ध भएको हो । दशैँअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भन्नुभयो, ‘आइतबार पनि काम हुन सकेन । एकैचोटि एक लाखसम्मको आवेदन भरेका...

...विस्तृतमा पढ्नुहोस्

प्रधानसेनापति पूर्णचन्द्र थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा !

काठमाडौं, ९ मंसिर । नेपाली सेनाको रथी बढुवामा फेरि राजनीतिले चरम रुप लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाविरुद्ध सेनामा तेस्रो बरियतामा रहेका उपरथीले रक्षा मन्त्रालयमा उजुरी गरेका छन् । बढूवा रोकेर अवकाश दिन लागेको भन्दै उपरथी अनुज बस्न्यातले प्रधानसेनापति पूर्णचन्द्र थापा विरुद्ध उजुरी दिएका छन् ।दृष्टि साप्ताहिकका अनुसार समयमा बढुवा नभए बस्न्यातले मंसिर २५ गतेबाट अनिवार्य अवकाश पाउने छन् । थापा शैक्षिक प्रमाणपत्र लगायत...

...विस्तृतमा पढ्नुहोस्