गेष्टहाउसमा खतिवडा मृत भेटिए

दमक,१८ जेठ । झापाको दमक चौंकस्थित होटल विन्दवासिनी एण्ड गेष्ट हाउसमा एक जना युवा मृत भेटिएका छन् ।मोरङको विराटनगर घर भएका अन्दाजी २५ बर्षिय देखिने दिपु खतिवडा डोरीको पासो लगाई गेष्टहाउसमा मृत अवस्थामा भेटिएका हुन् । राती खाना खाएर कोठामा सुतेका खतिवडालाई शनिवार विहान खाना खान उठाउन खोज्दा चुकुल थुनेर मृत अवस्थामा भेटिएका होटल व्यवसायी संघका अध्यक्ष राजन दंगालले बताए । औषधी कम्पन्नीका प्रतिनिधि एमआर समेत...

...विस्तृतमा पढ्नुहोस्

गाजाको कारोवारी राई पक्राउ

दमक,१५ जेठ । झापा र इलामको सिमा क्षेत्रमा आज एकजना व्यक्ति १ केजी ३ सय ३५ ग्राम गाँजा सहित पक्राउ परेका छन् । इलामको माङ्सेबुङ्ग गाउँपालिका वडा नं. ६ झेपाले बस्ने ६३ बर्षीय प्रतबहादुर राईलाई शसस्त्र प्रहरी निरीक्षक साइमान श्रेष्ठ सहितको टोलीले पक्राउ गरेको हो । प्रहरीले राईको साथबाट गाँजासहित नगद रु १२ हजार १ सय ६०, १ थान कैंची, क्यालकुलेटर समेत फेला परेको शसस्त्र...

...विस्तृतमा पढ्नुहोस्

२२ महिने छोराको घाँटी रेटेर हत्या

भोजपुर,१४ जेठ । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा एक जना आमाले आफ्नै २२ महिने छोरालाई खुकुरीले रेटेर हत्या गरेकी छिन् । २५ वर्षीया सम्झना थापाले आफ्नै छोरा सम्बोधन थापाको आज बिहान ७ बजेतिर हत्या गरेकी हुन् । आफू बस्ने घरको छतमा लगेर अचानोमाथि बालक राखी खुकुरीले घाँटी रेटेर उनले हत्या गरेकी हुन् । रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई पानीट्याङ्की टोलमा भिनाजुको घरमा सम्झनाको परिवार बस्दै आएको...

...विस्तृतमा पढ्नुहोस्

असुरक्षित बन्दै अस्पताल, खुकरी प्रहारबाट एक गम्भिर घाइते

धरान | वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छाताचौक स्थित पुरानो अस्पतालको नामले परिचित क्षेत्रको सदुपयोग हुन नसक्दा असुरक्षित बन्दै गएको छ । शनिवार राती धरान १४ का वर्ष २१ का राजन थापा मगर माथि सोही स्थानमा धारिलो हतियार प्रयोग गरी सांघातिक हमला भएको छ । उनको टाउकोको वांया पट्टि कान सहित लत्रिने गरी खुकुरी प्रहार गरिएको धरान १४ का वडा सदस्य सोभा पुलामीले...

...विस्तृतमा पढ्नुहोस्

आमा र छोरीको हत्या प्रयास

झापा, जेठ ९ गते । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ वर्षीया छोरी अर्पणा बुढाथोकी घाइते भएकी छन् । आक्रमणको घटना...

...विस्तृतमा पढ्नुहोस्

पाँचथर हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि गरिँदै

बिर्तामोड । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि अहिले केहिबेरमा गरिँदै छ ।हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा पोष्टमार्टमपछि केही समयअघि घटनास्थल आरुबोटेमा ल्याइ पुर्‍याइएको छ । विभत्स हत्या गरिएका ९ जनाको आज दिउँसो अन्त्येष्टि गर्ने तयारी भइरहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताउनुभयो । हत्या गरिएका दुई परिवारमध्ये...

...विस्तृतमा पढ्नुहोस्

प्रदेश १ मा मानब हत्याको श्रृंखला बढयो

पछिल्लो समय प्रदेश नम्बर १ मा मानब हत्याको श्रृंखला बढेर गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रदेश १ का कुल १४ जिल्लाका बिभिन्न स्थानमा बितेका १० महिनामा ६७ जनाको हत्या भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी केदार रिजालले जानकारी दिनुभयो । प्रहरीका अनुसार अनुसार बितेको श्रावण महिनादेखि बैशाख मसान्तसम्मा कर्तव्यमा परि ज्यान गुमाउनेको संख्या ६७ रहेको प्रहरीको तथ्याकंमा उल्लेख गरिएको छ । यो संख्यामा...

...विस्तृतमा पढ्नुहोस्

भागेर बाँचेकी सीताको दमकमा उपचार शुरु

दमक, ७ जेठ । गएराती पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या हुँदा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकमा उपचार शुरु गरिएको छ । उनलाई आज मंगलबार अपरान्ह दमक ल्याई दमकस्थित लाईफलाईन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सीताको हात भाँचिएको र हाल उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले वताए । घाइते सीताले स्थानीयवासीलाई बताए अनुसार अनुहार...

...विस्तृतमा पढ्नुहोस्

पाँचथर हत्या प्रकरण : झुण्डिएको अवस्थामा फेला परेकामाथि प्रहरीको शंका

पाँचथर । पाँचथरको मिक्लाजुङ–३ मा नौ जनाको हत्या भएकै दिन घटनास्थलभन्दा ३ घण्टा परको दुरीमा अर्का एक ब्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झुण्डिएको अवस्थामा फेला पर्नेमा मानबहादुर माखिम रहेको बताइएको छ । झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर सोमबार राति हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ भएको खुलेको छ । सामूहिक हत्या भएको स्थानबाट ३ घण्टाको दुरीमा मानबहादुर माखिमको शव फेला परेपछि हत्यामा उनकै...

...विस्तृतमा पढ्नुहोस्

पाँचथरमा दुई परिवारका नौ जनाको हत्या

फिदिम, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा गत राती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घट्नास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राती स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो । धनराजको परिवारका ५ जनाको हत्यापछि शव घर भित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव...

...विस्तृतमा पढ्नुहोस्