चोरी भएको एक घण्टा वित्न नपाउदैं मोटरसाइकलसहित चोर पक्राउ

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चोरी भएको एक घण्टा पनि वित्न नपाउँदै मोटरसाइकलसहित त्यसमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । विहीबार राति करीव साढे १० जेतिर मेचीनगर ६ काँकरभिट्टाका मोहन रायको रातो रंगको २ सय सीसीको को २१ प ३६७० नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो । घटनाका बारेमा जानकारी पाउन साथ शंकाश्पद क्षेत्रमा प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए...

...विस्तृतमा पढ्नुहोस्

ठुलो परिणाममा अबैध सूर्ति बरामद

काकड्भिट्टा,१ साउन । झापाको मेचीनगरबाट प्रहरीले ठुलो परिणाममा अबैध सूर्ति वराबद गरेको छ । मेचीनगर नगरपालिका ६ नकलबन्दा स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाइ छिपाई ल्याएको अबैध सूर्ति आज वरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गोप्य सूचनाको आधारमा करिव ३ लाख मूल्य पर्ने ३ सय केजी सुर्ति जिप्रका झापाबाट खटिएको प्रसनि टेकेन्द्र सेन्ताङको कमाण्डमा खटिएको प्रहरी टोलिले वरामद गरिएको...

...विस्तृतमा पढ्नुहोस्

पुलमा बम राख्ने पाँच जना पक्राउ

दमक,२० असार । झापाको कन्काई नगरपालिका ४ स्थित कन्काई नदीको पुलमा प्रेसर कुकर बम राखेको अभियोगमा पाँच जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत बैशाख २९ गते उनीहरुले कन्काई नदीको पुलमा शंकास्पद प्रेसर कुकर बम राखेको अभियोग छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा झापा ,हल्दीवारी ७ भुल्का बस्ने २७ बर्षिय दिपेश न्यौपाने, शिव सताक्षी १० सैनिक वस्तीका ६४...

...विस्तृतमा पढ्नुहोस्

लागूऔषध सहित ५ जना पक्राउ

झापा ,१८ असार । १ नम्बर प्रदेशका विभिन्न स्थानबाट लागुऔषध सहित पाँच जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका ५ नकलबन्दाबाट कमल गाउँपालिका ५ का २२ बर्षीय शिव कुमार सदा र कमल गाउँपालिका ६ का २४ बर्षीय प्रकाश गजमेरलाई डाईजोपाम ८ एम्पुल, फेनारगन ८ एम्पुल र लुपीजेसिक ८ एम्पुल सहित पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ । यस्तै, झापाको मेचीनगर नगरपालिका ५ नकलबन्दा चौकबाट...

...विस्तृतमा पढ्नुहोस्

भीरबाट लडेर मृत्यू

सोलुखुम्बु ,१८ असार । भिरवाट लडेर सोलुखुम्वु दुधकुण्ड नगरपालिका ७ शेकार सिंह भन्ने स्थानमा एक जनाको मृत्यू भएको छ । मंगलवार दिउसो १२ बजे सोलुखुम्वु दुधकुण्ड नगरपालिका ७ का काजी शेर्पाको घरमा बस्दै आएको घर कुरुवा वर्ष ४० को हर्क बहादुर खड्का गाईबस्तु चराउने क्रममा भीरबाट अंन्दाजी ७ मिटर तल खस्दा निजको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनाका बारेमा...

...विस्तृतमा पढ्नुहोस्

इलामकी सुजाता तामाङको हत्या आरोपित पक्राउ

पाँचथर ,५ असार । दुइ दिन अघि पाँचथरमा हत्या गरिएकी सुजाता तामाङको हत्यामा संलग्न आरोपि पक्राउ परेका छन्। मंगलबार पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता हत्या भएको थियो। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवर नेतृत्वको टोलीले हिलिहाङ गाउँपालिका ६ का १९ वर्षीय घनेन्द्र लावतीलाई बिहीबार पक्राउ गरेको हो। प्रहरीले सुजाताको साथबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा...

...विस्तृतमा पढ्नुहोस्

दिदीकै योजनामा बहिनीमाथि बलात्कार

केरावारी,५ असार । मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा ६ दिन अघि एक युवतीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । होटलको १०५ नम्बर कोठामा गत जेठ ३१ गते रातभर राखेर पथरीशनिश्चरे घर भएकी एक १९ वर्षीय युवतीमाथि बलात्कार गरिएको थियो । जुस भन्दै झुक्याएर मदिराका रुपमा सेवन गरिने वाइन खुवाएर ती युवतीमाथि बलात्कार गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । यो घटनाको मुख्य योजनाकार...

...विस्तृतमा पढ्नुहोस्

डिएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान

विर्तामोड ,२ असार । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका छन् । भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोडमा बस्दै आएका २५ बर्षिय हर्कराज भन्ने युसमान डाइनियल गुरुङलाई अदालतले आइतबार पुर्पक्षको लागि आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार विर्तामोड इलाका प्रहरी कार्यालयका त्तत्कालीन डिएसपी सुवास खड्काको कुर्सीमा बसेको...

...विस्तृतमा पढ्नुहोस्

करणीको आरोपमा ३ जना पक्राउ

तेह्रथुम, २९ जेठ । तेह्रथुमको छथर गाउँपालिका २ हमरजुङबाट १७ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ २५ गते बेलुका ८ बजेको समयमा शुक्रबारेबाट हमरजुङ जाने बाटोमा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पीडित बालिकाको बाबुले आज बिहान ७ बजे दिएको जाहेरीको आधारमा तत्काल प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय २१ बर्षीय पदम रसाईली सहित ३ जनालाई पक्राउ...

...विस्तृतमा पढ्नुहोस्

ससुराद्धारा बुहारीलाई खुकुरी प्रहार

झापा, २६ जेठ । झापाको अर्जुनधारा नगरपालिका ९ मगर टोलमा ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते भएकी छन् । शनिवार दिउँसो पौने ४ बजेको समयमा ४८ बर्षीय ससुरा खड्ग बहादुर दाहाल र ३१ बर्षीया बुहारी सपना दाहाल वीच घरायसी बिषयमा बादबिबाद हुँदा ससुराले बुहारीको टाउकोमा खुकरी प्रहार गरेका थिए । खुकरी प्रहारवाट गम्भीर घाईते भएकी बुहारीको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भईरहेको छ भने...

...विस्तृतमा पढ्नुहोस्