गणतन्त्र कार्यान्वयन गर्न कांग्रेसको जोड

दमक,१५ जेठ। १२ औ गणतन्त्र दिवसको अवसरमा आज बिहान दमकमा नेपाली कांग्रेस र लोकतान्त्रिक व्यवसायी संघले संयुक्त कार्यक्रम गरि गणतन्त्र दिवस मनाएको छ । पार्टी कार्यालयमा आयोजना गरेको उक्त कार्यक्रममा वक्ताहरुले गणतन्त्र दिवस महत्वमाथि चर्चा गरिएको थियो । पार्टी नगर उपसभापति राजकुमार गौतमले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा लोकतान्त्रिक व्यवसायी संघका अध्यक्ष बबरजंग थापा, महिला संघकी नगर सभापति मन्दरा पौडेल,पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी,कांग्रेसका महाधिबेशन...

...विस्तृतमा पढ्नुहोस्

झापाका स्थानीय तहका जनप्रतिनिधिको साझा प्रतिबद्धता

बिर्तामोड, जेठ १४। झापाका स्थानीय तहका जनप्रतिनिधिले अब बन्ने नीति कार्यक्रम तथा बजेटमा लैङ्गिक तथा सामाजिक समावेशीकरण लाई प्राथमिकताका साथ समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।  स्थानीय तहमा लैङ्गिक तथा सामाजिक समावेशीकरणको अवस्था र दायित्वका विषयमा जनप्रतिनिधिहरुले मंगलबार बिर्तामोड–२ चारपानेमा गहन छलफल गर्दै आगामी दिनमा अझ प्राथमिकताका साथ उक्त सवाललाई सम्बोधन गर्ने बताएका हुन् । स्थानीय तहमा लक्षित वर्गको सार्थक सहभागितासहित लैङ्गिक...

...विस्तृतमा पढ्नुहोस्

सोमबार विप्लवको बन्द, उच्च सुरक्षा सतर्कता

काठमाडौँ, १२ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको प्रहरीको गोली लागेर ज्यान गएपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । कार्यकर्ताको ज्यान लिएको विरोधमा विप्लव समूहले सोमबार नेपाल बन्दको आह्वान गरेको छ । बन्दमा हुने सम्भावित गतिविधिलाई लिएर सुरक्षा निकायले उच्च सतर्कता अपनाएका हुन् । नेपाल प्रहरीले विशेष सुरक्षा योजना बनाएर बन्दको प्रतिरोध गर्ने तयारी गरेको छ। यसैबीच आइतबार राजधानीका दुई ठाउँमा...

...विस्तृतमा पढ्नुहोस्

विप्लव माओवादीद्धारा झापा बन्द फिर्ता

बिर्तामोड,९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भोलि शुक्रवारका लागि आह्वान गरेको झापा बन्द फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा गरेको थियो । सरकारले नेकपा माथि प्रतिबन्ध लगाएपछि सो पार्टीले पनि प्रधानमन्त्री ओली जाने कार्यक्रमलाई प्रतिबन्ध लगाउने जनाएको थियो । नेकपा झापाका...

...विस्तृतमा पढ्नुहोस्

भोलि शुक्रबार झापा बन्दको आह्वान

बिर्तामोड,९ जेठ ।नेपाल कम्युनिष्ट पार्टीले भोलि शुक्रवार झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जिल्ला आउने कार्यक्रम तय भएपछि पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा गरेको हो । सरकारले नेकपा माथि प्रतिबन्ध लगाएपछि सो पार्टीले पनि प्रधानमन्त्री ओली जाने कार्यक्रमलाई प्रतिबन्ध लगाउने जनाएको थियो । नेकपा झापाका सेक्रेटरी सुमनसिंहले बिज्ञप्ति जारी गरी पार्टीको केन्द्रीय निर्णय अनुसार...

...विस्तृतमा पढ्नुहोस्

झापाबाट सर्वश्रेष्ठ पक्राउ, रिहा गर्न मेची ब्युरोको माग

झापा,७ जेठ । झापाको बिर्तामोडबाट नेपाल कम्युनिष्ट पार्टीका मेची ब्युरो सदस्य एंव इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठलाई सोमबार प्रहरीले गिरफ्तार गरेको छ । सरकारले प्रतिबन्ध लगाए संगै देशैभरीबाट नेकपाका नेता कार्यकर्ताहरुलाइ प्रहरीले व्यापक रुपमा धरपकड गरिरहेको छ । उता नेकपाको मेची ब्युरो संयोजक प्रमोदले एक बिज्ञप्ति जारी गर्दै तुरुन्त बिना सर्त रिहा गर्न चेतावनी दिएका छन् । उनीद्वारा जारी बिज्ञप्तिमा गिरफ्तार गरिएका इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठ...

...विस्तृतमा पढ्नुहोस्

प्रेस स्वतन्त्रताको परिकल्पनाभन्दा माथि सरकार जान सक्तैन : खनाल

झापा,६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिडिया काउन्सील विधेयकप्रति पत्रकारले गरिरहेको आन्दोलनको आफूले विरोध नगर्ने बताएका छन् । ‘आन्दोलनले प्रेस स्वतन्त्रतालाई स्थापित गर्न र प्रेसलाई मर्यादित बनाउन बहस सिर्जना गरेको छ, जुन नराम्रो कुरा होइन’ नेता खनालको भनाई छ । नेकपा इलामको जिल्ला कमिटीका पदाधिकारी सदस्यलाई सपथ गराउन जानेक्रममा बिर्तामोडमा आज प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै खनालले...

...विस्तृतमा पढ्नुहोस्

सरकारलाई नागरिकका आवश्यकता बुझ्न कांग्रेस प्रवक्ताको सुझाव

दमक,६ जेठ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई आवश्यकतामा आधारित विकासका योजनाहरुलाई प्राथमिकता दिन सुझाव दिएका छन् । नेपाली कांग्रेसले शुरु गरेको जनजागरण अभियानको सोमबार झापाको कमल गाउँपालिकाको क्याम्पा वजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले कांग्रेस सरकारको वा विकासको विरोधमा उत्रिएको नभई औचित्य र आवश्यकता पुष्टि गर्ने किसिमका विकास गर्न सरकारको ध्यानाकर्षण गराएको उल्लेख गरे । स्थानीय संगै देशको आधारभूत आवश्यकता पूरा गर्ने...

...विस्तृतमा पढ्नुहोस्

सरकारको निगरानी बढाउन काँग्रेसले बनायो छायाँ सरकार

काठमाडौँ, ६ जेठ ।  सरकारले गरेको काम तथा कारवाहीहरुमा निगरानी बढाउनको लागि नेपाली काँंग्रेसले छायाँ सरकारको गठन गरेको छ ।प्रमुख प्रतिपक्षी दल समेत रहेको कांँगेस सरकारको काम तथा कारवाहीदेखि रुष्ट रहदै आएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५९ क अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति सोमबार गठन गरेका हुन् । छायाँ सरकारको जिम्मेवारी...

...विस्तृतमा पढ्नुहोस्

पत्रकार, मानवअधिकारको क्षेत्रमाथि कुनै पनि हस्तक्षेप हामीलाई मान्य नहुने: देउवा

बिराटनगर | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार, मानवअधिकारको क्षेत्रमाथि कुनै पनि हस्तक्षेप आफुहरुलाई मान्य नहुने बताएका छन् । शनिवार विराटनगरमा सञ्चारकर्मीसंग सभापति देउवाले अलोकतान्त्रिक र प्रेस स्वतन्त्रता विरोधी विधेयक कुनै पनि हालतमा संसदमा ल्याउन नदिने जानकारी दिए । उनले लोकतान्त्रिक मूल्य मान्यता विरुद्धका विधेयकहरु फिर्ता गर्न सरकारलाई आग्रह समेत गरे । उनले अलोकतान्त्रिक विधेयकहरुको संसदबाटै विरोध गरिने बताउदै...

...विस्तृतमा पढ्नुहोस्