प्रशान्तको स्मृतिमा देशैभरि श्रद्धाञ्जलीसभा

झापा,२९ असार । असार २५ गते भोजपुरमा नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सगरमाथा ब्युरो सदस्य तथा सोलुका सेक्रेटरी निरकुमार राई ‘प्रशान्त’को प्रहरीले हत्या गरेपछि बन्द हडतालसम्मको कार्यक्रम गरेको नेपाल कम्युनिस्ट पार्टीले आइतबार देशैभरी श्रद्धाञ्जलीसभा कार्यक्रम गरेको छ । सोही कार्यक्रम अनुसार नेकपा झापाले झापाका विभिन्न स्थानमा श्रद्धाञ्जलीसभामा गरेको हो । कार्यक्रममा जिल्ला जनसरकार प्रमुख टीका,जिल्ला सचिव मनिष लगायतले सम्वोधन गरेका थिए। कार्यत्रमलाई सम्बोधन...

...विस्तृतमा पढ्नुहोस्

भारतीय तरकारी जाँचपासमा सरकार लम्पसार  : विप्लव

झापा,२३ असार । सरकारले भारतीय विषादीयुक्त तरकारी विना जाँच नेपाल प्रवेश गर्न दिने आदेश जारी गरेको भन्दै विप्लव नेतृत्वको नेपाल  कम्युनिष्ट पार्टी झापाले विरोध गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै सरकार भारतको दबाबमा लम्पसार परेको आरोप लगाएको छ । नेकपा झापा सेक्रेटरी मनिसले जारी गरेको प्रेस वक्तव्यमा जनस्वास्थ्यमा घातक असर गर्ने यो निर्णय तुरुन्त खारेज गर्न सरकारसँग जोडदार माग गरेको उल्लेख छ । सरकारले जनताको...

...विस्तृतमा पढ्नुहोस्

‘सलिसाम ’कतारको अध्यक्षमा रेखा राई निर्वाचित

झापा,२३ असार । प्रवासमा रहेको संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारको अध्यक्षमा रेखा राई चुनिएकी छिन् । गत ५ जुलाई २०१९का दिन कतारको औद्योगिक क्षेत्रस्थित अलडल्ला ड्राइभिङ स्कुलको सभाहलमा समपन्न मञ्चको तेश्रो महाधिवेशनले राईको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । सो कार्य समितिमा बरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ मिसेक, उपाध्यक्षहरुमा सागर तुम्बाङफे, तेजबहादुर थेवे, नेत्र केरुङ, लोक बहादुर कुरुम्बाङ रहेकाछन् । त्यसैगरि महासचिव...

...विस्तृतमा पढ्नुहोस्

सरकार ढाल्ने देउवाको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सडक आन्दोलनबाटै वर्तमान सरकार ढाल्ने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंको राष्ट्रियसभामा स्थानीय तह कर्मचारी युनियनद्धारा आयोजित प्रथम राष्ट्रिय भेला एवम् कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै देउवाले यस्तो चेतावनी दिएका हुन् । सरकार मनोमानी ढंगले अघि बढिरहेको देउवाको आरोप छ । ...

...विस्तृतमा पढ्नुहोस्

कांग्रेसद्धारा गौरादह नगरपालिकाको ध्यानाकर्षण

गौरादह ९ , असार । नेपाली काँग्रेस गौरादह नगर समितिले गौरादह नगरपालिका कार्यालयमा भएको ढिलासुस्ती, अनियमितता, भ्रस्टाचार र नगरबासीमा भएको समस्याको बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । काँग्रेस गौरादह नगरसमिति नगर सभापति यादवराज सेडाईको नेतृत्वको टोलीले नगरप्रमुख रोहित कुमार शाहलाई नगरपालिकाको काम छिटो छरितो र पारदर्शी हुनुपर्ने माग राख्दै आइतबार ध्यानाकर्षण बुझाएको छ । ध्यानाकर्षण पत्र बुझाएपछि आज गौरादहमा पत्रकार सम्मेलनको आयोजना गरि पत्रकारहरु माझमा पार्टीले...

...विस्तृतमा पढ्नुहोस्

कमल गाँउपालिकामा कांग्रेसको ज्ञापनपत्र

क्याम्पा,८ असार । नेपाली कांग्रेस कमल गाउँ समितिले आगामी वर्षका लागि बजेट तथा नीति कार्यक्रममा समावेश गर्नुपर्ने बिषयहरुबारे गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।  कांग्रेसले आज गाउँपालिका अध्यक्ष मेनुका काफ्लेलाई कार्यालयमै गएर बुझाएको ज्ञापन पत्रमा कृषि, सिचाइँ, शिक्षा, नदी नियन्त्रण, विपन्नहरुको आवास, सडक यातायात र महिला विकासका सवालमा विभिन्न सुझावहरु समेटिएको छ । कांग्रेस कमल गाउँ समितिले चालू आर्थिक बर्ष तथा अघिल्लो आर्थिक बर्षमा समेत दिईएका...

...विस्तृतमा पढ्नुहोस्

कांग्रेसद्धारा १८३ नेतामाथि अनुशासनको कारवाही

    काठमाडौं ,३ असार । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र संघीय संसदका वागी उम्मेदवार ता उनीहरुका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । साथै पार्टीमा गएर उमेदवार बनेकाहरुको नाम पनि पार्टीको अभिलेखबाट हटाउने अनुशासन समितिको निर्णय छ । भीष्मराज आङदेम्बे नेतृत्वको समितिले १८३ जनाको नाम अभिलेखबाट हटाउन भनेको छ । साथै बाँकी जिल्लालाई नाम पठाउन भनेको छ । अभिलेखबाट हटाउने व्यक्तिहरुको नामावली झापा १. हरिश्चन्द्र वास्तोला, अर्जुनधारा नपा...

...विस्तृतमा पढ्नुहोस्

गुठीसम्बन्धी विधयेक पास हुन दिदैनौ: देउवा

काठमान्डाैं | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताउनुभएको छ । आज हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले देशमा सांस्कृतिक पक्षलाई जोड दिएर अलग्गै पहिचानसहितको एकीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले संस्कृति र सभ्यतामा प्रहार नगर्न अनुरोध गर्नुभयो । जनताको अधिकार र स्वतन्त्रता कुनै पनि हालतमा खोस्न नदिने उहाँको भनाइ थियो ।...

...विस्तृतमा पढ्नुहोस्

गुठीको विरोधमा दमकमा लिम्बुवानको कोणसभा

दमक,३१ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले सरकारले ल्याउन लागेको गुठी विधेयक, लोकसेवा आयोगले प्रकाशित गरेको असंवैधानिक विज्ञापनको विरोधमा कोणसभा गरेको छ ।दमकको गणतन्त्र चौंकमा भएको कोणसभामा बोल्दै वक्ताहरुले गुठी विधेयक तत्काल नसचाए देशमा आन्दोलनमा उत्रने चेतावनी दिए । कोणसभामा बोल्दै मञ्चका उपमहासचिव दिलकुमार लावतीले लोकसेवा आयोगले देशैभरीको लागि विज्ञापन गरेको ९ हजार भन्दा धेरै कर्मचारी आव्हान गरेकोमा आदिवासी, मधेशी,...

...विस्तृतमा पढ्नुहोस्

सरकारले अरिंगाललाई जिस्क्याउनुु, आफ्नै काल निम्त्याउनु हो : नेता श्रेष्ठ

काठमाडौँ, २७ जेठ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले गुथि विधेयकको नाममा जनताको धार्मिक साँस्कृतिक आस्थामाथि प्रहार गर्नु सरकारको ठूलो गल्ती भएको बताएको छ । उनले यो कुरा गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा संघीय समाजवादी नेवाः संघ र नेवाः राष्ट्रिय परिषदको संयुक्त आयोजनामा भएको ‘गुुठी विधेयक र नेवाः सरोकार’ विषयक विचार गोष्ठीमा बताएको हो । उक्त कार्यक्रमका प्रमुख...

...विस्तृतमा पढ्नुहोस्