बुधबारे जेसीजको जेसीज सप्ताह सम्पन्न

अन्तिम दिन फोटो प्रदर्शनी र लिडरसीप तालिम


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


  • बुधबारे । बुधबारे जेसीजको जेसीज सप्ताह शुक्रबार सकिएको छ । सोमबारबाट सुरु भएको जेसीज सप्ताहमा विभिन्न कार्यक्रम गरिएका छन् । समापनको दिन जेसीज सप्ताह अन्तर्गत बुद्धशान्ति गाउँपालिकाका पर्यटकीय स्थल, धार्मिक स्थल, ऐतिहासिक सम्पदा, संम्भावना बोकेका क्षेत्र र बुद्धशान्तिका धरोहरहरु समेटिएर फोटो प्रर्दशनी गरिएको थियो भने लिडरसीप तालिम पनि गराइएको थियो ।

    रेडक्रस भवन बुधबारेमा भएको कार्यक्रमको सभापतित्व बुधबारे जेसीजका अध्यक्ष जेसी हेमन्त बरालले गरेका थिए भने कार्यक्रममा नेपाल जेसीजकी पूर्व उपाध्यक्ष मञ्जरी घिमिरेले लिडरसीप तालिम प्रदान गरेकी थिइन् । तालिममा बुधबारे जेसीजका पदाधिकारी, शिक्षक, विभिन्न विद्यालयका विद्यार्थी, संघसंस्थाका प्रतिनिधि सहित ५० बढीको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनञ्जयकुमार शाह, झापा उद्योग वाणिज्य संघ शाखा बुधबारेका अध्यक्ष रुद्र चापागाई, बुधबारे जेसीजका पूर्व अध्यक्षद्धय जेसी सेमन्त पोखरेल र फडिन्द्र चापागाई, युवा व्यवसायी मदन प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए । महासचीव जेसी मुकेश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जेसी नवराज कोइरालाले राखेका थिए । बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेलको संयोजकत्वमा जेसीज सप्ताह भएको थियो । जेसीज सप्ताह अन्तर्गत जेष्ठ नागरिक सम्मान, दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यले स्लो मोटरसाइकल रेस, रक्तदान, शैक्षिक सामग्री वितरण, फोटो प्रदर्शनी र लिडरसीप तालिम सम्पन्न भएको बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी अनिल वाग्लेले जनाएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology