पशुपति बहुउद्देश्यीय र मोडल शाकोसको साधारणसभा सम्पन्न


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


  • दमक,२६ भदौ । दमक ६ का दुई वटा सहकारी संस्थाले शुक्रवार आ–आफना बार्षिक साधारणसभा सम्पन्न गरेका छन् । पशुपति बहुउद्देश्यीय सहकारी संस्थाले कस्मिक पार्टी प्यालेस र मोडल बचत तथा ऋण सहकारी संस्थाले दमक उद्योग वाणिज्य संघको सभाहलमा छुटाछुटै कार्यक्रम गरि आफनो साधारणसभा सम्पन्न गरेका हुन् ।

    पशुपति शाकोसका अध्यक्ष आफनो प्रतिवेदन प्रस्तुत गर्दे
    वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको पशुपति बहुउद्देश्यीय को १६ औं बार्षिक साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष खगेन्द्र बहादुर पाण्डेले सञ्चालक समितिका तर्फवाट अध्यक्षको प्रतिवेदन र लेखा समितिका तर्फवाट संयोजक रुद्र प्रसाद सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको वन्दसत्रले अध्यक्षको पाँच बर्से प्रस्तुत संस्थागत रणनीतिसहित लेखा प्रतिवेदन आवश्यक सुझावसहित पारित गरिएको व्यवस्थापक मिलन आचार्यले जानकारी दिए ।
    सभामा वडाध्यक्ष थापा, आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख रामप्रसाद पाठक,जिल्ला सहकारी संघ झापाका सदस्य प्रेमकुमार कोइराला, सुर्यमुखी शाकोसका अध्यक्ष चुडामणि ओझा, ओम सतासी शाकोसका अध्यक्ष राजन दंगाल,न्यूजागृति शाकोसका अध्यक्ष बिमल खतिवडा, दमक जेसीजका अध्यक्ष भीमराज केसीलगायतले सहकारीको सफल्ताको शुभकामना मन्तव्य राखेका थिए । सभामा लेखा सदस्य रमेश लुईटेलले स्वागत मन्तव्य राखेका थिए ।
    सभामा गएको वर्ष उत्कृपष्ठ कारोवार गर्ने नानुबाबु बचततर्फ नौ जना,साधारण बचत तर्फ २,आवधि बचततर्फ ७,पशुपति स्ट्रोङ बचत तर्फ ४,पशुपति प्रिमियम बचततर्फ ३ जना र ऋण तर्फ २ जना गरि २६ जनालाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको थियो । यस्तै, दमक उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनमा विजयी हुने संस्थाका शेयर सदस्यहरु चन्द्र खत्री, मोहन ढकाल, मिन मगर, भरत चम्लागाई, नविन अग्रवाल र तोयानाथ अधिकारीलाई समेत सम्मान गरिएको थियो ।
    २०७३ असोज ७ गते दमकका युवा व्यवसायीहरुको सक्रियतामा नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याईएको सो सहकारीको गतवर्षसम्म शेयर पूंजी २ करोड २४ लाख ७४ हजार ७ सय पुगेको छ । शेयर पूंजी आगामी पाँच वर्ष भित्रमा ५ करोड पुरयाँउने लक्ष्य राखिएको उल्लेख छ । संस्थामा हाल १५ सय ४९ जना शेयर सदस्य छन् ।
    संस्थाले गतवर्ष १२ करोड ५९ लाख ९४ हजार ४सय १ रुपैया निक्षेप ,१२ करोड ७९ लाख ३४ हजार ५ सय ३ रुपैया ऋण लगानी गरि कुल आम्दानी २ करोड २९ लाख १७ हजार ४ सय ५ रुपैया गरेको प्रतिवेदनमा जनाईएको छ । संस्थाले गएको वर्ष कुल १५ करोड २५ लाख ७३ हजार २ सय २६ रुपैया कारोवार गरेको थियो ।

    मोडल शाकोसका अध्यक्ष आफनो प्रतिवेदन प्रस्तुत गर्दे

    यसैगरि आजनै मोडल शाकोसले पनि सम्मान तथा पुरस्कारसहित आफनो आठौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष भोला वरालले सञ्चालक समितिको तर्फवाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै लेखा संयोजक विशेश्वरप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको वन्दसत्रले सुझावसहित पारित गरिएको थियो ।
    संस्थाका उपाध्यक्ष प्रकाश प्रसाद अधिकारीले स्वागत मन्तव्य राखेको सभाको उद्घाटनमा संस्थाले गतवर्ष उत्कृष्ठ कारोवार गर्ने २० जनालाई प्रोत्साहन स्वरुप पुरस्कृत गरियो भने ११ जना ज्येष्ठ शेयर सदस्यहरुलाई समेत सामूहिक रुपमा सम्मान गरिएको व्यस्थापक गीता ढकालले जानकारी दिईन् ।
    ६ सय ७७ जना शेयर सदस्य रहेको सो सहकारीको शेयर पूंजी गतवर्षसम्म कुल १ करोड ४६ लाख ८८ हजार ३ सय पुगेको छ । त्यस्तूसो संस्थाले गतवर्ष ४ करोड ५९ लाख ६२ हजार ६ सय ४९ बचत संकलन तथा ५ करोड ५२ लाख ४ हजार २ सय ९३ रुपैया कर्जा लगानी गरिएको प्रतिवेदनमा जनाईएको छ । सभामा दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल,आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख रामप्रसाद पाठक, जिल्ला सहकारी संघका सदस्य प्रेमकुमार कोइराला लगायतले बोलेका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology