सूयर्दशन शाकोसको कारोबार कूल १ अर्ब ३० करोड बढी नाघयो


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


  • दमक,२६ भदौ । दमक ६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०७५,०७६ मा संस्थाका सदस्यहरुलाई गरेको लगानीको ब्याजबाट मात्रै कूल १७ करोड ३० लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ ।
    संस्थाले अन्य किसिमबाट १ करोड ९ लाख १८ हजार र बैंकहरुमा गरेको लगानीबाट ३९ लाख ४७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । आज भएको संस्थाको १० औं बार्षिक साधारण सभामा अध्यक्ष टिकाराज सापकोटाले प्रस्तुत गरेको प्रतिवेदनमा सो उल्लेख छ ।


    संस्थाले सोहि आर्थिक बर्षमा आर्जन गरेको कूल मुनाफाबाट आयकर वापत १६ लाख ५३ हजार रुपैयाँ कर व्यवस्था गरी खुद मुनाफा ३ करोड १४ लाख १७ हजार रुपैयाँ कमाएको पनि प्रतिवेदनमा उल्लेख छ । संस्थाले सो अवधिमा कूल १ अर्ब ३० करोड ३२ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार गरेको थियो । सो सहकारीले राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य रमेश पोखरेलको प्रमुख आतिथ्य र सहकारी सम्बद्ध विभिन्न व्यक्तित्वहरुको विशेष आतिथ्यमा बार्षिक साधारण सभा गरेको हो ।
    संस्थाको नेतृत्व चयन समेत गर्ने गरि आयोजना गरिएको साधारण सभामा नेतृत्व चयनको औपचारिकता मात्रै पूरा गर्ने तयारी रहेको बताइएको छ । साधारण सभा दिनको १ बजेका लागि बोलाइएका कारण अधिकांश सहभागी सदस्यहरु सभाबाट बाहिरिएपछि सिमित सञ्चालकहरुले पुनः टिकाराज सापकोटाको अध्यक्षतामा सञ्चालक समिति गठन गरेको घोषणा गरिएको छ । संस्थाले निर्वाचन प्रकृया सिमीत सदस्यमार्फत मात्र गरेको आरोप छ ।
    अधिकांश सहकारी संस्थाहरुमा नेतृत्व चयनको प्रकृया औपचारिकताका लागि मात्रै पूरा गर्ने चलन सहकारी क्षेत्रमा खासै नौलो नभएको सहकारीकर्मीहरुको बुझाई छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology