किराँती नेतृत्वको माओवादीको प्रदेश कमिटी विस्तार, इञ्चार्जहरु फेरिए


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


  • दमक,२७ भदौ । गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र ) प्रदेश समिति विस्तार गर्नुका साथै पार्टीका जिल्ला इन्चार्जहरु हेरफेर गरेको छ । पार्टीले विहिबार झापाको दमकमा सञ्चालन गरेको प्रशिक्षण तथा किराँत लिम्बुवान कोचिला प्रदेशको बैठकले प्रदेश समिति विस्तार गर्नुका साथै जिल्ला इन्चार्जहरु हेरफेर गर्ने निर्णय गरेको छ ।

    प्रदेश कमिटी अध्यक्ष बिमल निरौलाको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीका उपाध्यक्ष तिलक थापा, महासचिव कर्णजीत बुढाथोकी ,सचिव राजन तिम्सिना लगायको विशेष उपस्थिती रहेको थियो ।
    बैठकले प्रदेश उपाध्यक्षमा प्रकाश राई, सचिवमा लक्ष्मण कार्की र विनिता राईलाई चयन गरेको छ भने प्रदेशका १४ वटै जिल्लाको इन्चार्ज हेरफेर गरेको छ ।
    जस अनुसार पाँचथर र इलाममा सुदर्शन किराँतीलाई इन्चार्ज तोकेको छ । त्यसैगरी झापा इञ्चार्जमा दिपेन गोम्देन, मोरङ इञ्चार्जमा अप्सरा बानियाँ, सुनसरी र उदयपुर इञ्चार्जमा सुरेन्द्र कटुवाल, खोटाङ्ग र ओेखलढुगा इञ्चार्जमा मिलन खड्का, संखुवासभामा कन्चन दाहाल ,धनकुटामा गंगाराम गोम्देन, तेह्रथुुममा डम्बर याक्सो, भोजपुुरमा विन्द्रामन राई, र सोलुखुम्बुुमा कुमार राईलाई इन्चार्ज तोकेको छ । सो बैठक तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology