दमककी प्रेनुसा वाककला राष्ट्रिय प्रतियोगितामा सहभागि हुदै


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


  • दमक,२६ भदौ । अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय वाल दिवसको अवसर पारेर सञ्चालन गरिएको बालबालिकाको वाक कला सम्बन्धिको प्रतियोगितामा दमककी प्रेनुसा पाण्डेले उत्कृष्टता हासिल गरेकी छिन् ।

    दमकको झापा मोडल अंग्रेजी मावि ९ ( जेम्स ) कक्षा १० मा अध्ययनरत प्रेनुसाले जिल्ला र प्रदेशस्तरको प्रतियोगितामा उत्कृष्टता प्रस्तुत गर्दै भोलि शुक्रबारदेखि ३ दिन सम्म हुने राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाउन लागेकी हुन् । प्रेनुसालाई आज स्कुलले एक कार्यक्रम गरि शुभकामनाका साथ विदाइ गरेको स्कुलका संस्थापक निर्देशक जयवहादुर श्रेष्ठले जानकारी दिए ।

    विश्वव्यापी आवधिक समिक्षाका लागि बालबालिकाहरुको नेतृत्व तयारी सम्बन्धमा नेपाल सरकार र कन्सोर्टियम नेपालले आयोजना गरेको सो प्रतिस्पर्धामा प्रेनुसाले प्रदेश १ का १४ जिल्लाबाट सहभागी प्रतिस्पर्धीहरुलाई पछि पार्दै उत्कष्ठ भएकी थिईन् । प्रतियोगिता अन्तर्गत शुक्रबार काठमाडौंमा राष्ट्रपति र प्रधानमन्त्रीसंग समेत अन्तरक्रियाका लागि सहभागि हुने अवसर पाउने छिन् ।

    उनले सो अन्तरक्रियामा आफ्नो वाक कला ९ बोल्ने क्षमताका माध्यमबाट उत्कृष्ट र उपयुक्त धारणा प्रस्तुत गर्न सके सार्क राष्ट्रका प्रतिस्पर्धीहरुसंग प्रतिस्पर्धाको अवसर समेत पाउने जनाइएको छ । यो प्रतियोगितामा ७ वटै प्रदेशका छात्र र छात्रा १ ,१ गरि १४ जनाले सहभागिता जनाउने छन् ।

    दमक ८ निवासी युवा व्यवसायी प्रेम पाण्डे र आमा अनुको सुपुत्री प्रेनुसाको बाल्यकालदेखिनै विशिष्ट किसिमको प्रतिभा छ । कक्षामा सानैदेखी साथीहरु र आफ्ना शिक्षक शिक्षिकाहरु माझ आफ्नो नियमित पढाईका अतिरिक्त आमा, बुबा र गुरुहरुको प्रेरणाले यस्तो अवसर प्राप्त गरेकी हुन् । निर्धक्कका साथ सम्बोधन गर्ने क्षमताका कारण प्रेनुसा स्कुलका हरेक कार्यक्रमकी प्रस्तोता समेत हुने गर्छिन् । अध्ययनसंगै अतिरिक्त कृयाकलापमा समेत उतिकै सक्रिय भविष्यमा पनि यी क्षेत्रमा लागिरहने विचार राख्छिन् । उनी यस अघि दमक नगरस्तरिय वाल वक्तृत्वकलामा प्रथम भएकी थिइन् । नृत्यमा पनि उनको उस्तै प्रतिभा छ । स्कुलका प्रिन्सीपल सागर श्रेष्ठ बहुप्रतिभाकी धनी प्रेनुसाले उक्त प्रतियोगिता जित्ने बलियो आधार भएको ठान्छन् । प्रतियोगिताको उत्कृष्ठताले स्कुलमात्र होइन् दमककै शिर उचो राख्ने प्रिन्सीपल श्रेष्ठ गर्व गर्छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology