स्टार खेलाडी मेसीलाई जीवनभर बार्सिलोनामै राख्न तयार


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६


  • एजेन्सी । स्पेनिस क्लब बार्सिलोना स्टार खेलाडी लियोनल मेसीलाई जीवनभर क्लबमा राख्न तयार देखिएको छ । खेल जीवनबाट सन्न्यास लिएपछि पनि उनलाई क्लबमै राख्न बार्सिलोना इच्छुक देखिएको हो ।

    बार्सिलोना क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउले मेसीसँगको सम्झौता अबको तीन वर्षमा सकिने र त्यसपछि उनी स्वतन्त्र हुने बताएका थिए । त्यसपछि बार्सिलोनामा मेसीको भविष्यलाई लिएर विभिन्न हल्ला फैलिएका थिए । प्रतिक्रियामा बार्सिलोनाले मेसीलाई आजीवन क्लबमै राख्न पनि आफू तयार रहेको सन्देश दिएको हो ।

    स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोका अनुसार बार्सिलोना मेसीको भविष्यलाई लिएर कति पनि चिन्तित छैन । पत्रिकाको दाबी अनुसार बार्सिलोना मेसीलाई आजीवन अनुबन्ध गर्ने तयारीमा छ ।

    बार्सिलोना मेसी क्लबमै रहनेमा शत प्रतिशत विश्वस्त पनि छ । उनले सन् २०२२ को कतार विश्वकपसम्म बार्सिलोनाबाटै खेल्ने र त्यसपछि मात्र आफ्ना बाँकी इच्छा पूरा गर्नेबारे सोच्न सक्नेछन् ।

    तर, मेसीले भने खेलाडी जीवनबाट सन्न्यास लिनुअघि अर्जेन्टिनाको नेवेल्स ओल्ड ब्वाइजबाट खेल्न चाहेका छन् । बार्सिलोना आउनुअघि उनले आफ्नो बाल्यकाल यही क्लबमा बिताएका थिए र फुटबल सिकेका थिए ।

    बार्सिलोनाले गर्ने आजीवन सम्झौताले मेसीलाई अस्थायी रूपमा क्लब छाड्ने अधिकार दिनेछ भने उनी पछि पुनः क्लबमा फर्कन सक्नेछन् । बार्सिलोनामा उनले आफूले चाहेको भूमिकामा काम गर्न सक्नेछन् । यस क्लबका लागि ६ सय ८७ खेल खेल्दै ६ सय ३ गोल गरेका उनले थप २ सय ४२ गोलको अवसर बनाएका छन् । ३२ वर्षका मेसी सन् २००१ देखि बार्सिलोनामा छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology